काठमाडौँ / मङ्गलबार नेपाली बजारमा सुनको भाउ सामान्य घटेको छ भने चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा मङ्गलबार सुनको भाउ प्रतितोला १ सय रुपैयाँ घटेको हो ।
सोमबार सुन प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँबाट घटेर १ लाख ५२ हजार २ सय रुपैयाँमा झरेको छ ।
यता, चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले बढेको छ । यसअघि प्रतितोला १ हजार ८ सय १० रुपैयाँबाट बढेर १ हजार ८ सय २० रुपैयाँ पुगेको हो ।