images
images

प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको सिमेन्ट कम्पनीको बार्षिक वित्तीय अवस्था कस्तो छ ?

प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको सिमेन्ट कम्पनीको बार्षिक वित्तीय अवस्था कस्तो छ ?

मंगलवार, भदौ ४ २०८१
मंगलवार, भदौ ४ २०८१
  • प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको सिमेन्ट कम्पनीको बार्षिक वित्तीय अवस्था कस्तो छ ?
    images
    images

    काठमाडौँ / प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेका चारओटै सिमेन्ट कम्पनीको पछिल्लो वित्तीय अवस्था कमजोर रहेको पाइएको छ । प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेकै कारण पनि यी कम्पनीहरू निकै चर्चामा थिए ।

    तर, कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण हेर्दा यी ४ कम्पनीको वित्तीय अवस्था भने कमजोर बन्दै गएको देखिन्छ ।

    नेप्सेमा सूचीकृत चार सिमेन्ट कम्पनी शिवम् सिमेन्ट, सर्वोत्तम सिमेन्ट ,सोनापुर मिनरल्स एण्ड आयल  र घोराही सिमेन्ट इन्डष्ट्रिजले प्रिमियम मूल्यमा आईपिओ निष्काशन गरेका थिए । 

    सरकारले बजेटमार्फत करिब आधा दशकदेखि गरेको प्रयास स्वरूप ४ उत्पादनमूलक कम्पनी पब्लिक कम्पनी बनेका थिए । नेपाली शेयर बजारमा उत्पादनमूलक कम्पनीलाई प्रवेश गराउन भन्दै सरकारले उक्त निर्णय गरेको थियो । 

    यी चार कम्पनीमध्ये दुई कम्पनी घाटामा रहेका छन् भने दुई नाफामा छन् । सोनापुर मिनरल्स र घोराही सिमेन्ट घाटामा रहेका छन् भने सर्वोत्तम र शिवम्‌को अघिल्लो आवको सोही अवधिको तुलनामा नाफाघटेको छ ।

    कुन कम्पनीको वित्तीय अवस्था कस्तो ? 

    घोराही सिमेन्ट

    घोराही सिमेन्ट गत वर्ष १ अर्ब २१ करोड रुपैयाँ भन्दा बढी  घाटामा छ । कम्पनीले अघिल्लो वर्ष ६ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको थियो । गत वर्ष कम्पनीको विक्री आम्दानी घटेको छ भने वित्तीय खर्च बढेको छ जसको कारण घाटा देखिएको हो। अघिल्लो वर्ष कम्पनीको वित्तीय खर्च ४२ करोड ४९ लाख रुपैयाँ रहेकोमा गत वर्ष बढेर ७६ करोड १६ लाख रुपैयाँ पुगेको छ । यस कम्पनीको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ६८ पैसा ऋणात्मक र प्रतिशेयर नेटवर्थ २ सय ७ रुपैयाँ ९३ पैसा रहेको छ । 

    सोनापुर मिनरल्स

    सोनापुर मिनरल्स गत वर्षको चौथो त्रैमाससम्ममा ४६ करोड ९२ लाख रुपैयाँ घाटामा छ । यस कम्पनी अघिल्लो वर्षको यसै अवधिमा २ करोड ६२ लाख रुपैयाँ नाफामा थियो । गत वर्षको चौथो त्रैमाससम्ममा यस कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ २६ पैसा ऋणात्मक रहेको छ । त्यस्तै प्रतिशेयर नेटवर्थ १ सय ६३ रुपैयाँ २४ पैसा रहेको छ । 

    शिवम् सिमेन्ट्

    शिवम् सिमेन्ट्ले गत आवको चौथो त्रैमाससम्ममा २५ करोड २ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको सोही अवधिमा तुलनामा ५७.९३ प्रतिशतले कमी हो । सो अवधिमा कम्पनीले ५९ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो । गत वर्ष यस कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ९८ पैसा र प्रतिशेयर नेटवर्थ १ सय ८९ रुपैयाँ २ पैसा रहेको छ । 

    सर्वोत्तम सिमेन्ट

    सर्वोत्तम सिमेन्टले गत वर्षको चौथो त्रैमाससम्ममा १७ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ । यस कम्पनीको नाफा पनि अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८.५१ प्रतिशत कमी हो । सो अवधिमा कम्पनीले २१ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको थियो । गत वर्ष यस कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ७५ पैसा र प्रतिशेयर नेटवर्थ १ सय ९८ रुपैयाँ ८३ पैसा रहेको छ । 

    अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीहरूको बिक्री लागत बढेकाले नाफा प्रभावित भएको हो । शेयर मूल्य आधारमा सबैभन्दा बढी सर्वोत्तम सिमेन्टको शेयर मूल्य प्रतिकित्ता ९ सय ५५ रुपैयाँ रहेको छ । त्यस्तै दोस्रोमा शिवम् सिमेन्टको शेयर मूल्य ७ सय ७ रुपैयाँ रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार