images
Logo
images
images
images

आइएमई लाइफको नायव प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल

आइएमई लाइफको नायव प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल

बुधवार, भदौ ५ २०८१
बुधवार, भदौ ५ २०८१
  • आइएमई लाइफको नायव प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल

    काठमाडौँ / आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल नियुक्त भएका छन् ।

    images
    images
    images
    images

    आइएमई लिमिटेड र जिएमइको मर्जर पछि खिलेन्द्र पौडेल आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतबाट बिदा भई आइएमई लाइफमा प्रवेश गरेका हुन् । 

    आइएमई लिमिटेडको स्थापनादेखि नै विभिन्न जिम्मेवारीमा रहेका खिलेन्द्र, रेमिटेन्स, भुक्तानी प्रणाली, फिनटेक तथा डिजिटल वालेट र अन्तरदेशीय कारोबारमा दख्खल राख्छन् ।
      
    आइएमई ग्रुपले प्रवर्द्धन गरेका वित्तीय  संस्थाको उच्च व्यवस्थापन तथा  स्मार्ट च्वाइस, सनि सेक्युरिटिज, आइएमई डिजिटल  सोलुसन लगायतका कम्पनी सञ्चालक रूपमा समेत पौडेल कार्यरत थिए र छन् ।

    त्रिभुवन विश्वविद्यालयबाट एमबीए फाइनान्स गरेका पौडेलले भारतको अहमदावाद स्थित इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट र मलेसियाको इन्स्टिच्युट अफ ब्यांकर्स मलेसियाबाट कार्यकारी वित्तीय व्यवस्थापन तथा अन्तरदेशीय लगानी व्यवस्थापनका विषयमा एक्जुकेटिभ कोर्स गरेका छन् । 

    साथै खिलेन्द्रले अमेरिका स्थित  हार्भड केनेडि स्कुलबाट पोलिसी डिजाइन र वित्तीय सेवा सम्बन्धी व्यावसायिक कोर्स पनि गरेका छन् । 

    उच्च तथा व्यावसायिक शिक्षा र व्यवस्थापकीय नेतृत्वको अनुभवले आइएमई लाइफले दिएको जिम्मेवारीलाई सफलतापूर्वक पुरा गर्ने र बिमा क्षेत्रमा थप रणनीतिक व्यावसायिक साझेदारी निर्माणमा योगदान दिने नायव कार्यकारी खिलेन्द्र पौडेलले उल्लेख गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार