images
images

‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’को बक्यौता उठाइन्छ, तर उद्योग बन्द गरेर होइन : प्रधानमन्त्री ओली

‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’को बक्यौता उठाइन्छ, तर उद्योग बन्द गरेर होइन : प्रधानमन्त्री ओली

बिहिवार, भदौ ६ २०८१
बिहिवार, भदौ ६ २०८१
  • ‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’को बक्यौता उठाइन्छ, तर उद्योग बन्द गरेर होइन : प्रधानमन्त्री ओली

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणको ‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’को बक्यौता एक रुपैयाँ नछाडेर उठाउने स्पष्ट गरेका छन्।

    images
    images
    images
    images

    प्रतिनिधिसभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘बक्यौता उठाइन्छ, छोडिँदैन, तर उद्योग बन्द गरेर होइन सञ्चालन नै गरेर उठाइन्छ। विगतमा किन समयमै महसुल उठाइएन, किन लाइन काटियो र किन फेरि लाइन जोडियो भन्ने प्रश्न सम्बन्धित निकायसँग जोडिन्छ। यसमा सरकार स्पष्ट छ, लाइन बन्द नगरी बक्यौता उठाइनेछ।’

    उनले सरकार र प्राधिकरणबीच कुनै मतभेद नभएको पनि स्पष्ट गरे। उनले यस विषयमा अहिले सामाजिक सञ्जाल र कतिपय मिडियामा आधारहीनप्रचार भइरहेको उल्लेख गर्दै विद्युत् प्राधिकरणले महसुल उठाउन खोजेको र सरकारले मिनाहा गरेको भन्दै झुठो प्रचार अर्थहीन भएको टिप्पणी गरे।

    प्रधानमन्त्री ओलीले भने, ‘उद्योग नै बन्द हुँदा बक्यौता उठ्ने आधार पनि बन्द हुन्छ, रोजगारी बन्द हुन्छ, उत्पादन पनि घट्छ, व्यापार घाटा बढ्छ। बक्यौता उठाउन पनि त उद्योग चलाउनै पर्छ। औद्योगिक ग्राहकसँग लिनुपर्ने खपत अनुसारको महसुल मिनाहा गरिएको भन्ने झुठो सूचनाको पछि नलाग्न म सबैलाई आग्रह गर्छु। खपतअनुसारको महसुल उठाएरै छोडिन्छ।’

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार