images
images

बस दुर्घटना अपडेट : ११ जना बेपत्ता, १५ जना सामान्य घाइते

बस दुर्घटना अपडेट : ११ जना बेपत्ता, १५ जना सामान्य घाइते

शुक्रवार, भदौ ७ २०८१
शुक्रवार, भदौ ७ २०८१
  • बस दुर्घटना अपडेट : ११ जना बेपत्ता, १५ जना सामान्य घाइते

    काठमाडौँ / तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा भारतीय बस मर्स्याङ्दी नदीमा खसेको छ । आज बिहान पोखराबाट काठमाडौँका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको हो । 

    उक्त दुर्घटनामा ११ जना बेपत्ता भएका छन् भने १४ जना अचेत हुनुका साथै १५ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । 

    घटनास्थलमा सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् । सो बसमा करिब ४० जना यात्रु थिए । दुर्घटनाको कारण खुलेको छैन । हाल पोखरा–काठमाडौँ सडकमा विस्तारको काम भइरहेको छ । त्यसैले यात्रा कष्टकर छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार