images
images

वाणिज्य बैंकहरुबाट एक बर्षमा ७० अर्ब ३४ करोड शेयर लोन प्रवाह, कुनबाट कति ?

वाणिज्य बैंकहरुबाट एक बर्षमा ७० अर्ब ३४ करोड शेयर लोन प्रवाह, कुनबाट कति ?

असार मसान्तसम्ममा हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमधये १९ वटा बैंकबाट गत आर्थिक वर्षमा ७० अर्ब ३४ करोड ४७ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह भएको हो।

सोमवार, भदौ १० २०८१
सोमवार, भदौ १० २०८१
  • वाणिज्य बैंकहरुबाट एक बर्षमा ७० अर्ब ३४ करोड शेयर लोन प्रवाह, कुनबाट कति ?

    काठमाडौँ / बैंक तथा वित्तीय संस्थाबाट गत आर्थिक बर्ष २०८०/८१ मा शेयर धितोमा ७० अर्ब ३४ करोड शेयर लोन प्रवाह भएको छ। 

    images
    images

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०८० साउनदेखि २०८१ असार मसान्तसम्ममा हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमधये १९ वटा बैंकबाट गत आर्थिक वर्षमा ७० अर्ब ३४ करोड ४७ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह भएको हो। स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने शेयर लोन दिएको छैन।

    सबैभन्दा बढी शेयर लोन दिनेमा नबिल बैंक, कम दिनेमा नेपाल एसबीआई 

    समीक्षा वर्षमा सबैभन्दा बढी शेयर लोन दिनेमा नबिल बैंक रहेको छ भने सबैभन्दा कम शेयर लोन दिनेमा नेपाल एसबीआई बैंक रहेको छ । 

    एक बर्षको अवधीमा नबिलले गत आर्थिक वर्षमा ११ अर्ब ४२ करोड ७८ लाख रुपैयाँ शेयर लोन प्रवाह गरेको छ भने, नेपाल एसबीआई बैंक २० करोड १५ लाख रुपैयाँ शेयर लोन प्रवाह गरेको छ । 

    अन्य कुन बैंकले कति ? 

    नबिल बैंकपछि सबैभन्दा धेरै शेयर लोन प्रवाह गर्ने दोस्रो बैंकमा ग्लोबल आइएमई रहेको छ। यो बैंकले ७ अर्ब ५१ करोड ७३ लाख रुपैयाँ शेयर लोन प्रवाह गरेको छ।नेपाल बैंक तेस्रो स्थानमा रहेको छ। यो बैंकले समीक्षा वर्षमा ६ अर्ब ७८ करोड ८ लाख रुपैयाँ शेयर लोन दिएको छ।

    चौथोमा सिद्धार्थ बैंक रहेको छ। सिद्धार्थ बैंकले गत आर्थिक वर्षमा ५ अर्ब ७८ करोड ९७ लाख रुपैयाँ शेयर लोन दिएको छ। सिटिजन्स बैंकले पाँचौँ सर्वाधिक शेयर लोन दिने बैंक रहेको छ। यो बैंकले ४ अर्ब ८० करोड ७० लाख रुपैयाँ शेयर लोन प्रवाह गरेको छ।

    यस्तै, कुमारी बैंकले ४ अर्ब ३७ करोड ६२ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब २६ करोड २२ लाख रुपैयाँ, प्राइम बैंकले ४ अर्ब ५ करोड ३७ लाख रुपैयाँ, एनआईसी एसिया बैंकले ३ अर्ब ९६ करोड ९० लाख रुपैयाँ र लक्ष्मी सनराईज बैंकले ३ अर्ब ३८ करोड ९४ लाख रुपेयाँ शेयर लोन प्रवाह गरेको छ।

    यता, प्रभु बैंकले ३ अर्ब १८ करोड १५ लाख रुपैयाँ, एभरेष्ट बैंकले २ अर्ब २ करोड ६९ लाख रुपैयाँ, हिमालयन बैंकले २ अर्ब १ करोड १८ लाख रुपैयाँ, नेपाल इन्भेष्मेन्ट बैंकले १ अर्ब ८५ करोड ८२ लाख रुपैयाँ, सानीमा बैंकले १ अर्ब ६५ करोड १५ लाख रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ५९ करोड १६ लाख रुपैयाँ, एनएमबि बैंकले ९८ करोड ८ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकले ४६ करोड ७० लाख रुपैयाँ शेयर लोन प्रवाह गरेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार