images
images

विदेशमा नेपाली श्रमिक जोखिममाः एक वर्षमै १३ सय बढीले गुमाए ज्यान !

विदेशमा नेपाली श्रमिक जोखिममाः एक वर्षमै १३ सय बढीले गुमाए ज्यान !

मंगलवार, भदौ ११ २०८१
मंगलवार, भदौ ११ २०८१
  • विदेशमा नेपाली श्रमिक जोखिममाः एक वर्षमै १३ सय बढीले गुमाए ज्यान !
    images
    images

    काठमाडौँ / आर्थिक बर्ष २०८०/८१ मा वैदेशिक रोजगारीमा गएका १३ सय जनाभन्दा बढी नेपाली श्रमिकले ज्यान गुमाएका छन् । 

    वैदेशिक रोजगार बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा वैदेशिक रोजगारमा गएका १ हजार ३४६ श्रमिकले ज्यान गुमाएका हुन् ।यो तथ्याङ्क स्विकृति लिएर गएर मृत्यु भएका श्रमिकहरुको संख्या मात्रै हो । 

    ३२१ जनाको बिरामी र रोग लागेर मृत्यु 

    बोर्डका अनुसार गत आर्थिक वर्ष ०८०/८१ मा वर्ष सबैभन्दा धेरै विभिन्न रोग र बिरामीका कारण श्रमिकको ज्यान गएको छ । जसअनुसार ३२१ जनाको बिरामी र रोग लागेर भएको छ ।

    गत एक वर्षमा हृदयघातबाट १९९ जनाले ज्यान गुमाएका छन् । त्यस्तै १९२ जनाको आत्महत्या, १५७ जनाको प्राकृतिक मृत्यु, १५७ जनाको सडकमा दुर्घटनाबाट ज्यान गुमेको छ । त्यस्तै ९२ जनाको अन्य कारण र ४६ जना कार्यस्थल दुर्घटनामा ज्यान गुमाएका छन् ।

    वितेको एक वर्षमा ७ लाख ४१ हजार विदेश गएका थिए । जसमा ६ लाख ६१ हजार पुरुष र ८० हजार महिला थिए । वार्षिक करिब ७ लाख नेपाली वैदेशिक रोजगारमा जाने गरेका छन् ।

    ज्यान गुमाउनेमा अदक्ष श्रमिक धेरै

    वैदेशिक रोजगारीमा हुने श्रमिकको मृत्युको कारण अदक्ष श्रमिक पनि मानिन्छ । नेपालबाट बर्सेनि ठूलो संख्यामा अदक्ष श्रमिकहरु विदेश जाँदा मृत्युदर पनि बढी रहेको छ । 

    गत आर्थिक वर्ष ०८०/८१ मा मात्र अदक्ष १ लाख ४५ हजार र सामान्य सीप सिकेका ५ लाख ३२ हजार गए । तर अर्धदक्ष ६० हजार, व्यवसायिक सीप सिकेका र उच्च दक्ष ७३२ जनामात्रै वैदेशिक रोजगारीमा गए ।

    विदेशमा ज्यान गुमाए पनि श्रम स्वीकृति लिएर गएका श्रमिकका परिवारलेमात्र क्षतिपूर्ति पाउँछन् । श्रम स्वीकृति अवधिभित्र श्रमिकले ज्यान गुमाए बोर्डले ७ लाख रुपैयाँ क्षतिपूर्ति दिने गरेको छ ।

    बोर्डका अनुसार बितेको एक वर्षमा विदेशमा ज्यान गुमाएका श्रमिकका परिवारलाई ६९ करोड ९९ लाख रुपैयाँ क्षतिपूर्ति वितरण गरिएको छ ।

    रेमिटेन्ससँग साटिएको ज्यान ! 

    राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७९/८० मा ११ खर्ब १३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । त्यस्तै, आर्थिक बर्ष २०७८/७९ मा ९ खर्ब ७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ भने आर्थिक वर्ष २०७७/७८ मा ९ खर्ब ८६ अर्ब रेमिट्यान्स आएको छ । यस्तै आर्थिक बर्ष २०७६/७७ मा ८ खर्ब ७५ अर्ब रेमिट्यान्स भित्रिएको थियो । 

    राष्ट्र बैंकको तथ्याङ्क अनुसार यसरी एक दशकमा विदेश गएका नेपालीहरूले करिब ९० खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्र्याएका छन् । तर, वैदेशिक रोजगारी सुरक्षित र व्यवस्थित हुन नसक्दा रेमिटेन्सको बदलामा नेपालले ठुलो सामाजिक मूल्य पनि चुकाउँदै आएको छ ।  

    वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार २०७० को दशकमा मात्र १० हजार नेपाली श्रमिकको परदेशमा ज्यान गएको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १० बर्षमा अर्थात २०७०/७१ देखि २०७९/८० सम्म ९ हजार ६५२ जना श्रमिकको मृत्यु भएको छ ।

    तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७०/७१ मा ७ सय ७७ जना श्रमिकले परदेशमा ज्यान गुमाएका थिए । यस्तै, आर्थिक बर्ष २०७१/७२ मा १ हजार ६ जना, २०७२/७३ मा ८ सय २३ जना, २०७३/७४ मा ७ सय ५८ जना र २०७४र७५ मा ८२३ जनाको मृत्यु भएको छ भने, २०७९/८० मा १ हजार २ सय ८ जनाको मृत्यु भएको छ । विभागले सार्वजनिक गरेको यो तथ्यांकले दैनिक ४ जना र वार्षिक एक हजार श्रमिकले परदेशमा ज्यान गुमाइरहेको देखाउँछ ।

    हरेक बर्ष मृत्युवरण गर्नेमा सबैभन्दा बढी खाडी मुलुकतर्फ दुबई, साउदी अरेबिया, कतार, जोर्डन, बहराईन र ओमन छ । विभागको तथ्याङ्क अनुसार परदेशमा विभिन्न कारणले नेपाली श्रमिकले ज्यान गुमाएको देखिन्छ ।  यसरी रोजगारका लागि विदेशिएका श्रमिकहरूको संख्या बढेसंगै परदेशमा ज्यान गुमाउने श्रमिकको संख्या घट्ने कुनै संकेत देखिंदैन । बरु यो संख्या हरेक वर्ष बढ्दै गएको बोर्डकै तथ्यांकले बताउँछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार