images
images

नेपाल चेम्बर अफ कमर्शको ऊर्जा  समितिको सभापतिमा नरेन्द्र बल्लभ पन्त

नेपाल चेम्बर अफ कमर्शको ऊर्जा  समितिको सभापतिमा नरेन्द्र बल्लभ पन्त

बुधवार, भदौ १२ २०८१
बुधवार, भदौ १२ २०८१
  • नेपाल चेम्बर अफ कमर्शको ऊर्जा  समितिको सभापतिमा नरेन्द्र बल्लभ पन्त
    images
    images

    काठमाडौँ / नेपाल चेम्बर्स अफ कमर्शको ऊर्जा समितिको सभापतिमा नरेन्द्र बल्लभ पन्त चयन भएका छन् । 

    कमर्शले आज अर्थात बुधबार गठन गरेको ऊर्जा समितिमा ऊर्जा क्षेत्रमा एक दशक भन्दा लामो अनुभवी एवम् सफल उद्यर्जा उद्येमी पन्तलाई सभापतिमा चयन गरिएको हो ।

    यस समितिको  सह सभापतिमा सुसन कर्मचार्य र सुवास चन्द्र सांघाई चयन भएका छन् । पन्त नेतृत्वको ऊर्जा  समितिमा ७ जना उर्जा उद्येमी व्यवसायीहरू सदस्य बनेका छन् ।

    जसमा उर्जा उद्येमी कुवेरमणि नेपाल, आषिश थापा, विश्व प्रकाश गौतम, टिएन आचार्य, सतिष तिमिल्सिना, सुमन जोशी र प्रज्वल श्रेष्ठ रहेका छन् । समितिले उर्जा क्षेत्रको समस्या पहिचान गर्दै समाधानका लागि पहल गर्दै जाने जनाएको छ  ।

    काठमाडौंको जमल स्थिति चेम्बर अफ कमर्शको आफ्नै कार्यालयमा भएको समारोहमा कमर्शका अध्यक्ष कमलेश अग्रवालले समितिका सबै पदाधिकारीहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामन व्यक्त गरेका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार