images
images

पाँच दिनमै पुन बढाइयो अन्डाको मूल्य, अब प्रतिक्रेट कति पग्यो ?

पाँच दिनमै पुन बढाइयो अन्डाको मूल्य, अब प्रतिक्रेट कति पग्यो ?

बिहिवार, भदौ १३ २०८१
बिहिवार, भदौ १३ २०८१
  • पाँच दिनमै पुन बढाइयो अन्डाको मूल्य, अब प्रतिक्रेट कति पग्यो ?
    images
    images

    काठमाडौँ / पाँच दिनअघि बढेको अन्डाको मूल्य भदौँ १४ गते शुक्रबारदेखि लागु हुने गरी फेरि बढाइएको छ ।

    नेपाल लेयर्स कुखुरापालक संघले शुक्रबारदेखि लागु हुने गरी मूल्य बढाउने निर्णय गरेको हो । लेयर्स संघको बिहीबार बसेको भौतिक र भर्चुअल बैठकले चितवनलाई आधार मानेर अन्डाको समर्थन मूल्य तोकेको हो ।

    अब मध्यम अन्डाको मूल्य प्रतिक्रेट ४ सय ३५, ठूलो अन्डा प्रतिक्रेट ५ सय १० र एक्सएल अन्डा प्रतिक्रेट ५ सय २५ रुपैयाँ तय भएको छ ।

    यसअघि ८ भदौमा एक्सएल अन्डाको मूल्य प्रतिक्रेट पाँच रुपैयाँ, ठूलो र मध्यमको १० रुपैयाँले बढाएर एक्सएल अन्डा प्रतिक्रेट (३० वटाको) ५ सय ५ तय गरेको थियो ।

    यस्तै ठूलो अन्डा ४ सय ९५ रुपैयाँ र मध्यम अन्डाको मूल्य ४ सय २५ रुपैयाँ तोकिएको हो ।

    यस अघि भदौँ ८ गते शनिबार माग बढेको भन्दै अण्डा प्रतिक्रेट (३० वटाको) रु पाँच सय पाँच तय गरिएको थियो । त्यस समयमा ठूलो अण्डा रु चार सय ९५ र मध्यम अण्डाको मूल्य रु चार सय २५ तोकिएको थियो । 

    यस्तै, भदौँ २ गते आइतबार भने अण्डाको मूल्य घटाइएको थियो । उक्त समयमा ठुलो साइजको अण्डा प्रतिक्रेट २० र मध्यम साइजको ३० रुपैयाँले घटाइएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार