images
images

ज्येष्ठ नागरिकहरुको सम्मानार्थ विज्ञापन गुरु पौडेलको तीज दर

ज्येष्ठ नागरिकहरुको सम्मानार्थ विज्ञापन गुरु पौडेलको तीज दर

बिहिवार, भदौ १३ २०८१
बिहिवार, भदौ १३ २०८१
  • ज्येष्ठ नागरिकहरुको सम्मानार्थ विज्ञापन गुरु पौडेलको तीज दर

    काठमाडौँको मीनभवनमा रहेको निःसहाय सेवा सदनमा तीजको गीत बज्न थालेपछि त्यहाँ रहेका ज्येष्ठ नागरिकहरु कोही फुरफुर गर्न र कोही टोल्हाउन थाले । 

    सधैँ जस्तै बिहानको खाना खाने समय उनीहरुका लागि अन्य दिनभन्दा फरक रहेको थियो जहाँ हालै मात्र हरितालिका तीज पर्वलाई ध्यानमा राखेर सार्वजनिक गरिएको ‘यसपालिको तीज रमाइलो’गीत बजिरहेको थियो ।


    गीतकार निर्मलराज पौडेल यसपटकको तीजलाई भिन्न ढङ्गले मनाउने सन्दर्भमा बुधबार उक्त सेवा सदनका ज्येष्ठ नागरिकहरुसँग तीज मनाउन पुगेका थिए । 


    त्यस अवसरमा पौडेलले ज्येष्ठ नागरिकलाई आफू र गायिका शान्तिश्री परियारको स्वरबद्ध तीज गीत सुनाउँदै दरमा सामेल भएकी थिइन् ।


    ‘चेलीबेटी ज्यान माया माइतमै हाँसेर, तीज आयो ज्यान माया छमछमी नाचेर’ बोलको गीत सुनेर ज्येष्ठ नागरिकहरुको मुहारमा खुसी छचल्किएको थियो ।


    त्यस अवसरमा काठमाडौँ महानगर–३१ का वडाध्यक्ष सरोज ढकालले पनि ज्येष्ठ नागरिकहरुका लागि वडाले सक्दो सहयोग गरिरहेको बताए । 


    उनले भने, “निःसहाय सेवा सदनले ज्येष्ठ नागरिकहरुलाई आफ्ना परिवारको अभाव हुन दिइरहेको छैन, यो ज्यादै खुसीको कुरा हो र यहाँको व्यवस्थापन निकै लोभलाग्दो छ ।”


    सेवा सदनका सह–प्रशासकीय अधिकृत योगेश अधिकारीका अनुसार सदनमा ६५ देखि १०० वर्षसम्मका ३९ जना ज्येष्ठ नागरिकहरु रहेका छन् । 


    अधिकारीले भने, “यो अवस्थामा उहाँहरुलाई सबैभन्दा खड्किने कुरा भनेकै परिवार रहेछ । हामीले सक्दो गरिरहेका हुन्छौँ तर पनि नौलो मान्छे र केटाकेटी देख्नेबित्तिकै टोल्हाउने, झ्यामिने गर्नुहुन्छ । आँखाबाट बरर आँसु झार्नुहुन्छ ।”गीतकार पौडेलको शब्द र चर्चित गायिका शान्तीश्री परियार र सङ्गीतकार मोहित मुनालको सृजनामा ‘यसपालिको तीज रमाइलो’ नामक गीत केही समयअघि सार्वजनिक भएको थियो । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार