images
images

सानिमा बैंकका ग्राहकहरूले सिजी मोवाइल किन्दा विशेष छुट पाउने

सानिमा बैंकका ग्राहकहरूले सिजी मोवाइल किन्दा विशेष छुट पाउने

आइतवार, भदौ १६ २०८१
आइतवार, भदौ १६ २०८१
  • सानिमा बैंकका ग्राहकहरूले सिजी मोवाइल किन्दा विशेष छुट पाउने

    काठमाडौँ / सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङ्गका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सिजी मोवाइल प्रालिमा विशेष छुटको व्यवस्था गरेको छ । 

    images
    images
    images
    images

    यस अन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्डमार्फत सिजी मोवाइल प्रा.लि.मा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा ग्राहकहरूलाई विशेष छुटको व्यवस्था गरेको छ । 

    नथिङ तथा सिएमएफ ब्रान्डका मोबाइल फोनको खरिदमा ७.४ प्रतिशतसम्म तथा इयरबन्ड तथा अन्य एक्सेसरीजको खरिद गर्दा ९ प्रतिशतसम्मको छुट पाउन सक्नेछन् । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नुहुनेछ । 

    बैंकले यसैगरी ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/offers मा उपलब्ध छ ।  

    सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरू तथा १२४ वटा एटिएमहरू सञ्चालनमा रहेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार