images
images

साउनमा लघु निर्जीवन बीमा कम्पनीको व्यापार ५ करोड १६ लाख बढी, कुन कम्पनीको कति ?

साउनमा लघु निर्जीवन बीमा कम्पनीको व्यापार ५ करोड १६ लाख बढी, कुन कम्पनीको कति ?

आइतवार, भदौ १६ २०८१
आइतवार, भदौ १६ २०८१
  • साउनमा लघु निर्जीवन बीमा कम्पनीको व्यापार ५ करोड १६ लाख बढी, कुन कम्पनीको कति ?
    images
    images

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८१/८२ को पहिलो महिना साउनमा लघु निर्जीवन बीमा कम्पनीले ५ करोड भन्दा बढीको व्यापार गरेका छन् । 

    नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु अर्थिक बर्षको पहिलो महिनामा हाल सञ्चालनमा रहेका ४ वटा लघु निर्जीवन बीमा कम्पनीले ५ करोड १६ लाख ११ हजार रुपैयाँ बढीको व्यापार गरेका हुन् । यस अवधीमा यी कम्पनीहरूले २० हजार २४३ बीमालेख जारी गरेका थिए । 

    नेपाल माइक्राले सर्वाधिक व्यापार, 

    पहिलो महिनामा लघु निर्जीवन बीमकमध्ये नेपाल माइक्राले सर्वाधिक व्यापार गरेको छ। यो कम्पनीले ५ हजार ७८१ वटा बीमालेख जारी गर्दै १ करोड ३८ लाख ६४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

    अन्य कुन कम्पनीले कति ? 

    दोस्रोमा प्रोटेक्टिभ माइक्रो रहेको छ। यो कम्पनीले साउनमा ४ हजार ६३९ वटा बीमालेख जारी गर्दै १ करोड ३६ लाख ३३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

    साउनमा ट्रस्ट माइक्रोले ४ हजार ३६१ बीमालेख जारी गर्दै १ करोड २२ लाख ८७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । 

    यस्तै, स्टार माइक्रोले ५ हजार ४६२ वटा बीमालेख जारी गर्दै १ करोड १८ लाख २७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार