images
images

कलेजोमा संक्रमण गराउने हेपाटाइटिस के हो ?

कलेजोमा संक्रमण गराउने हेपाटाइटिस के हो ?

हेपाटाइटिस ‘ए’ र ‘ई’ पानी र दुषित खानाबाट सर्छ। जुन विकसितभन्दा अविकसित मुलुकमा धेरै मात्रामा हुन्छ।

मंगलवार, भदौ १८ २०८१
मंगलवार, भदौ १८ २०८१
  • कलेजोमा संक्रमण गराउने हेपाटाइटिस के हो ?
    images
    images

    हेपाटाइटिस कलेजोको संक्रमण हो। यो रोग विभिन्न किसिमका भाइरसले हुने गर्दछ। मुख्य गरेर ५ प्रकारका हेपाटाइटिस भाइरस हुन्छन। रोगको सर्ने तरिका र दीर्घकालिन असरलाई अध्ययन गर्दा भाइरल हेपाटाइटिस ए, बी, सी, डी र ई लाई दुई समूहमा बाँड्न सकिन्छ।

    हेपाटाइटिस ‘ए’ र ‘ई’ पानी र दुषित खानाबाट सर्छ। जुन विकसितभन्दा अविकसित मुलुकमा धेरै मात्रामा हुन्छ। हेपाटाइटिस ‘ए’ र ‘ई’को क्षणिक असर हुन्छ।  हेपाटाइटिस ‘बी’ र ’सी’ रगत र रगतको अन्य माध्यम तथा असुरक्षित यौन सम्पर्कबाट सर्छ। हेपाटाइटिस ‘बी’ र ’सी ले दीर्घकालिन कलेजो को रोग, कलेजोको क्यान्सर पनि गराउन सक्छ।   

    हेपाटाइटिस ’ए’र ‘ई’ भएको छ भने सामान्य रूघाखोकी लाग्ने, ज्वरो आउने हुन्छ। त्यसको एक हप्तापछि कमलपित्त हुने, पिसाब पहेंलो हुने, आँखा पहेंलो हुन्छ भने जिउ चिलाउने हुन्छ। बालबालिका तथा  गर्भवती महिलाहरुमा समेत यो देखिन सक्छ।  यो आफै निको हुँदै जान्छ। हेपाटाइटिस ‘बी’ र ‘सी’मा अधिकांश मान्छेमा पहिला लक्षण हुँदैन। जण्डिस हुँदै गएपछि जिउ गल्ने र  कलेजो बिग्रन समेत सक्छ। दीर्घकालिन कलेजो रोगमा पेटमा पानि, रगत बान्ता, बेहोस हुने आदि हुन्छ। केहि बिरामीलाई अस्पतालमा समेत भर्ना गर्नुपर्ने हुन्छ।  दीर्घकालिन हेपाटाइटिस ‘बी’ निर्मुल हुदैन तर औषधिको सेवनले  नियन्त्रणमा राख्न सकिन्छ। त्यस्तै दीर्घकालिन हेपाटाइटिस सी’ औषधिको प्रयोग गरेर निर्मुल गर्न सकिन्छ।

    हेपाटाइटिस भएका बिरामीलाई स्वस्थ खाना, स्वच्छ, पौष्टिक,सन्तुलित आहार बिहार गर्नु पर्दछ। कुनैपनि खानेकुरा बार्नु जरुरि पर्दैन तर धेरै भुटेको , तारेको, मद्यपान, धूम्रपान गर्नु हुदैन। बिज्ञ चिकित्सकको परामर्श बिना औषधि सेवन गर्न हुदैन। हेपाटाइटिसबाट हरेक वर्ष विश्वभर १५ लाख भन्दा बढी मानिसको मृत्यु हुने गरेको छ। सन् २०३० सम्ममा हेपाटाइटिस उन्मुलन गर्ने लक्ष्य राखिएको छ। 

    हेपाटाइटिस ए र बि खोप बाट नियन्त्रण गर्न सकिन्छ। स्थानीय निकाय, सरोकारवाला, प्रतिनिधि, तथा सरकारको बिचमा आवस्यक समन्वय तथा समुदाय स्तरमा हेपाटाइटिस रोगको सचेतना, पहिचान र भ्याक्सिन उपलब्ध गराउन सकिएको खण्डमा संक्रमण रोक्न मद्दत पुग्नेछ। साथै संक्रमण फैलन नदिन कन्ट्रयाक ट्रेसिङको माध्यम बाट संक्रमणको प्रत्यक्ष सम्पर्कमा आएका प्रत्येक व्यक्ति पत्ता लगाएर उनीहरु भित्रैबाट सम्भावित स्रोत र कारण पत्ता लगाउन सकिएमा थप प्रभावकारी हुनेछ। 

    सरकारले पोलियो खोपको कार्यक्रम सफलतापूर्वक चलाए जस्तै हेपाटाइटिस बी को सबै नेपालीलाई रक्त परीक्षण गरी खोप लगाउनु जरुरी छ। जस्ले राष्ट्रको जनधनको ठूलो क्षति हुनबाट बचाउँछ। अर्को तर्फ हेपाटाइटिस ए र इको महामारीबाट बच्न सबै घर घरमा चर्पीको व्यवस्था, गाउँ शहरमा जताततै ढल निकासी, राम्रो र शुद्ध खानेपानीको व्यवस्था गर्न जरुरी देखिन्छ। 

    (डा शर्मा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका सिनियर कन्सल्टेन्ट ग्याष्ट्रोइन्टेरोलोजिष्ट तथा हेपाटोलोजिष्ट हुन्।)

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार