images
images

इप्पानका अध्यक्ष कार्कीलाई पाँच प्रश्न : नेपाल फेरि लोडसेडिङको खतरामा जान थालेको हो ?

इप्पानका अध्यक्ष कार्कीलाई पाँच प्रश्न : नेपाल फेरि लोडसेडिङको खतरामा जान थालेको हो ?

नेपाल लोडसेडिङको खतरामा नै छ । भारतबाट बिजुली आयात गर्नुपर्ने बाध्यता आज पनि छ । तामाकोशी जस्तो ठूलो प्रोजेक्ट बन्द भइदियो भने नेपालमा विद्युत ठप्प हुनसक्छ ।

शुक्रवार, पुस ५ २०८१
शुक्रवार, पुस ५ २०८१
  • images
    images
    इप्पानका अध्यक्ष कार्कीलाई पाँच प्रश्न : नेपाल फेरि लोडसेडिङको खतरामा जान थालेको हो ?
    images
    images

    नेपालमा उर्जा क्षेत्रले ठूलो सम्भावना बोकेको भए पनि यसको विकास र आत्मानिर्भरताका लागि आवश्यक कदमहरू उठाउन ढिलाइ भइरहेको छ । सोही सन्दर्भमा, सुस्मिता वानियाले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीसँग नेपाल विद्युत् उत्पादनको वर्तमान अवस्था तथा भविष्यका सम्भावनाबारे गरेको कुराकानी यस्तो छः 

    images
    images

    नेपालमा उर्जामा लगानी गर्नसक्ने अवस्था छ ? 

    संसारभरी नेपाल सरकारले नेपालमा लगानी गर्ने वातावरण छ है भनिरहेको छ । तर, यति भनेको भरमा विदेशबाट लगानी आउँछ भन्ने लाग्दैन । सरकारले सबैभन्दा पहिला लगानी गर्न प्रोत्साहन गर्न पर्यो । नेपालमा भएका थुप्रै नितीगत सुधारहरु गर्नुपर्यो । अनि मात्रै नेपालमा लगानी गर्न सम्भव छ ।

    किनभने अहिले भारतबाट विद्युत आएन, तामाकोशी बन्द भयो भन्दा लोडसेडिङ हुन्छ भनेर भन्दै जाँदा हामी विद्युतमा आत्मानिर्भर कहिले हुने त ? लगानी गर भन्नलाई पहिला आत्मानिर्भर हुनपर्यो । त्यसैले लगानी गर भन्नु भन्दा पहिला उत्पादनलाई जोड दिन आवश्यक छ । उत्पादनलाई जोड दिँदादिँदै ट्रान्मिशन लाइनलाई जोड दिनपर्छ । यदी, सरकारले मात्रै विद्युत व्यापार गर्न सक्दैन भने निजी क्षेत्रलाई, हामीलाई दिनुपर्छ । हामी सरकारलाई सघाउँछौँ । 

    लगानीका लागि प्रोत्साहन गर्न सरकारले गर्नुपर्ने कामहरू के के हुन् ? 

    लगानी गर्नका लागि प्रतिफल निश्चित गरेर कुनै एउटा सेक्टर छुट्याउनुपर्यो । नीतिगत समस्याहरुलाई व्यवहारिक रुपमा फुकाउनुपर्यो । लगानीको प्रक्रिया सरल बनाउनु पर्यो । विद्युत विधेयक लगानीमैत्री बनाउन पर्यो । विधेयकको नाममा बाँध्न खोज्नु भएन । पीपीएहरु खोल्नुपर्यो । बैंकहरुलाई चलायमान बनाउनुपर्यो ।

    यतिबेला नेपालले विद्युत बेच्न सक्ने अवस्थामा छ ? 

    आजको दिनमा बिजुली बेच्नुपर्ने स्थिति छैन् । किनभने, हामी १३ हजार ५ सय मेगावट विद्युत २०३५ सम्म खपत गर्छौं भनेर लागिरहेका छौँ । खपत गर्नलाई प्रोत्साहन गर्नुपर्यो । कुनैदिन घरमा ६ बजेदेखि ८ बजेसम्म बिजुली काटिन्छ भनेर समाचार सुन्न अब धेरै दिन कुर्नु पर्दैन ।

    बिजुली बेच्नका लागि पहिला उत्पादन गर्नुपर्यो । उत्पादन भएको बिजुली देशमा खपत गर्न प्रोत्साहन गर्नुपर्छ । तब मात्रै हामी बिजुली बेच्न सक्छौँ । किनभने अहिले चार महिना आफ्नै बिजुली खपत गर्छौँ र आठ महिना भारतबाट बिजुली खरिद गरिरहेको अवस्था छ । त्यसैले, नेपालमा लोडसेडिङको कुरा सुनिन् थालेको हो । 

    के नेपाल फेरि लोडसेडिङको खतरामा जान थालेको हो ? 

    नेपाल लोडसेडिङको खतरामा नै छ । किनभने, यो भन्दा अघिल्लो वर्ष पनि भारतबाटै बिजुली ल्याएर लोडसेडिङ मुक्त गरेका थियौँ । यो वर्ष पनि भारतबाट बिजुली ल्याउँछौँ । तर, तामाकोशी जस्तो ठुलो प्रोजेक्ट बन्द भइदियो भने नेपालमा विद्युत ठप्प हुनसक्छ । त्यसैले, बर्खामा र हिउँदमा आवश्यक पर्ने विद्युत कति हो थाहा पाएर काम गर्न सकियो भने सुरक्षित हुन सक्छौं । होइन भने हामी समस्यामा पर्न धेरै समय लाग्दैन । 

    नेपाल विद्युतमा आत्मानिर्भर हुनसक्ने सम्भावना कतिको छ ? 

    आठ महिना भारतबाट बिजुली किन्नुपर्ने अवस्था रहिरह्यो भने अबको १० वर्ष होइन अर्को दश वर्षमा पनि बिजुलीमा आत्मनिर्भर हुन सक्दैनौँ । भारतबाट बिजुली किन्नैपर्ने हुन्छ । हामी मात्र आत्मानिर्भर हुने हो भने सरकारले २०२५ सम्म १३ हजार मेगावट विद्युत उत्पादन भयो भने पुग्छ भनेर भनिरहेको बेलामा १३ हजार मेगावट विद्युत त १२ महिना पुग्ने बिजुली हामीसँग हुनुपर्यो नि । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार