images
images

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बुधवार, भदौ १९ २०८१
बुधवार, भदौ १९ २०८१
  • बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

    काठमाडौँ / युनेस्कोको विश्व सम्पदामा सूचीकृत छ, बौद्धनाथ । बौद्ध स्तूप पनि भनिने यो स्थल राजधानी काठमाडौँको पूर्वी भागमा पर्छ । 

    यही बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा ‘बौद्ध स्तूप’ हालै प्रकाशनमा आएको छ । 

    कथालय इन्कले प्रकाशन गरेको पुस्तकका लेखक भिक्टर प्रधान हुन् भने यसमा रविन्द्र मानन्धरका चित्र समावेश छन् ।

    बौद्धनाथलाई नेपालभाषामा खास्ति र तिब्बती भाषामा जारुङ खाशोर भनिन्छ । पुस्तकमा दुई छुट्टाछुट्टै कथा छन् । एउटा कथामा, सहरमा अचानक हिटी सुकेपछि जनताले राजालाई विन्ती गर्छन् । 

    ज्योतिषीहरूले बत्तीस लक्षणले युक्त मानिसको बलि दिए हिटीबाट पानी आउने सल्लाह दिन्छन् । राजाले एउटा जुक्ति निकाल्छन् । 

    नारायणहिटीमा पिशासले बास गरेकाले मध्यराति गएर त्यसको टाउको छिनाल्न राजकुमारलाई उनी अह्राउँछन् । 

    राजकुमारले सोहीमुताबिक सेतो कपडामा बेरिएर सुतेको पिशाचलाई एकै झमटमा तरबार प्रहार गर्छन् । 

    अफसोस, उछिट्टिएर उनको हातमा आएको टाउको आफ्नै बुबाको हुन्छ । अब के होला , कथाको मूल रहस्य त्यसपछि सुरु हुन्छ ।

    पुस्तकका लेखक प्रधान नेपाल बालसाहित्य समाजका पूर्व अध्यक्ष हुन् । उनी लामो समयदेखि बालसाहित्यको विकासका लागि अनुसन्धान, लेकन र अनुवाद कार्यमा सक्रिय छन् । 

    बालसाहित्यका सयौं पुस्तक सम्पादन तथा अनुवाद गरेका उनी बौद्ध दर्शन र इतिहासका अध्येता पनि हुन् । उनको पहिलो रचना ‘बौद्ध दर्शन र प्रजातन्त्र’ शीर्षकमा २०३१ सालमा प्रकाशित भएको थियो । 

    त्रिभुवन विश्वविद्यालयमा नेपाली भाषाका प्राध्यापक रहिसकेका उनले पछिल्लो समय  एतिहासिक उपन्यास ‘विडुडभ र कपिलवस्तुको पतन’ प्रकाशित छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार