images
images

विद्यार्थीको शैक्षिक तथा करियर अवसरहरूलाई वृद्धि गर्न इन्फोडेभलपर्स र आदिम कलेजबीच सहकार्य

विद्यार्थीको शैक्षिक तथा करियर अवसरहरूलाई वृद्धि गर्न इन्फोडेभलपर्स र आदिम कलेजबीच सहकार्य

आइतवार, भदौ २३ २०८१
आइतवार, भदौ २३ २०८१
  • विद्यार्थीको शैक्षिक तथा करियर अवसरहरूलाई वृद्धि गर्न इन्फोडेभलपर्स र आदिम कलेजबीच सहकार्य

    काठमाडौँ / इन्फोडेभलपर्स प्रा.लि. र आदिम कलेजबीच सहकार्य गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । विद्यार्थीसँग सम्बन्धित शैक्षिक तथा करियर अवसरहरूलाई वृद्धि गर्ने उद्देश्यले उद्योग–शिक्षा सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको हो । 

    उक्त सम्झौताले आदिम कलेजका विद्यार्थीहरूलाई इन्टर्नसिप, जागिरका अवसरहरू र व्यावसायिक विकासका कार्यक्रमहरू प्रदान गर्ने बताइएको छ ।

    सम्झौतामा आदिम कलेजका प्रमुख कार्यकारी अधिकृत सिइओ शंकर प्रसाद शर्मा र इन्फोडेभलपर्स प्रा.लि.का मानव संसाधन प्रबन्धक प्रयास राजोपाध्यायले हस्ताक्षर गरे ।

    यस अवसरमा इन्फोडेभलपर्सका मार्केटिङ प्रमुख रेशम भण्डारी र वन कभर प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी अधिकारीको पनि उपस्थिति थियो ।

    सम्झौतापश्चात इन्फोडेभलपर्सले आदिम कलेजका योग्य विद्यार्थीहरूलाई वास्तविक उद्योग अनुभव दिने उद्देश्यले इन्टर्नशिप र जागिरका अवसरहरू प्रदान गर्नेछ ।

    सो सहकार्यले कृत्रिम बौद्धिकता, क्लाउड कम्प्युटिङ, साइबर सुरक्षा, र सफ्टवेयर विकास जस्ता विषयहरूमा विद्यार्थीहरूलाई व्यावहारिक सीप र ज्ञान प्रदान गर्ने उद्देश्यले कार्यशाला, सेमिनार र सम्मेलनहरू समावेश गर्नेछ ।

    इन्टर्नशिपका अतिरिक्त, विद्यार्थीहरूले इन्फोडेभलपर्सका उद्योग विशेषज्ञहरूको मेन्टोरशिप प्राप्त गर्नेछन् । आदिम कलेजका सिइओ शंकर प्रसाद शर्माले भने, “यस सम्झौताले आदिम कलेजलाई ठूलो मूल्य दिन्छ, जसले हाम्रा विद्यार्थीहरूलाई वास्तविक समय उद्योग अनुभव र प्रोजेक्ट कार्यमा सहभागी गराउँछ, र उनीहरूलाई सफल करियरको तयारी गराउँछ ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार