राखेपको वार्षिकोत्सवमा ५ खेलाडीसहित १८ सम्मानित हुने

राखेपको वार्षिकोत्सवमा ५ खेलाडीसहित १८ सम्मानित हुने

मंगलवार, भदौ २५ २०८१
मंगलवार, भदौ २५ २०८१
  • images
    images
    राखेपको वार्षिकोत्सवमा ५ खेलाडीसहित १८ सम्मानित हुने
    images
    images

    काठमाडौँ / राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो को ६१ औं वार्षिकोत्सवको उलक्ष्यमा ५ खेलाडीसहित १८ लाई सम्मान गर्ने भएको । 

    वार्षिकोत्सव राखेपका संरक्षक प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा बुधबार भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको सभा मण्डप हलमा हुनेछ ।

    सिनियर र जुनियरमा समान १–१ पुरुष÷महिला तथा १ पारा खेलाडीलाई सम्मान गरिने छ । 

    प्रशासनिक र प्रविधिकमा ८ कर्मचारी (२ करार कर्मचारीसहित), २ खेल पत्रकार, १ स्थानिय तह, १ प्रायोजक तथा १ राष्ट्रिय खेल संघलाई पुरस्कृत गरिने छ । स्थानिय तह, प्रायोजक र राष्ट्रिय खेल संघलाई कदर पत्र तथा बाँकीलाई कदर पत्रसहित नगद पुरस्कारबाट सम्मान गरिने छ । 

    सोही अवसरमा राखेपमा २० वर्ष सेवा अवधि पूरा गरेका २ सय ३६ कर्मचारीलाई परिषद् सेवा पदक प्रदान गरिने छ । वर्षमा हासिल गरेको उपलब्धी, सक्रिएता र गतिविधिलाई मध्यनजर गरी पुरस्कृत गर्न लागिएको हो ।

    कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न राखेप कार्यकारी समितिकी सदस्य नन्दा बस्यालको संयोजकत्वमा ७ सदस्यीय राष्ट्रिय खेलकुद परिषद्को ६१ औं वार्षिकोत्सव उपसमिति– २०८१ गठन गरिएको छ । उपसमितिको सचिवमा प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल छन् ।

    त्यस्तै पुरस्कृत गर्ने खेलाडीलगायत छनोट गर्न विभिन्न ५ कार्यदल पनि गठन गरिएको छ । तालिम तथा प्रशिक्षण विभागकी उप–निर्देशक संगीना वैद्यको संयोजकत्वमा परिषद् सेवा पुरस्कार लागि कर्मचारी छनोट कार्यदल, राष्ट्रिय टिम तयारीका उप–निर्देशक दीपक श्रेष्ठको संयोजकत्वमा खेलाडी छनोट कार्यदल गठन गरिएको छ । 

    खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलको संयोजकत्वमा राष्ट्रिय खेल संघ तथा प्रायोजक छनोट कार्यदल, प्रचार प्रसार शाखाका प्रमुख खुशराज दाहालको संयोजकत्वमा खेलकुद पत्रकार छनोट कार्यदल तथा खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माको संयोजकत्वमा स्थानीय तह छनोट कार्यदल गठन गरिएको छ ।

    वि.सं. २०२१ साल भदौ १३ गते पहिलो खेलकुद ऐन लागू भएको दिनलाई राष्ट्रिय खेलकुद परिषद्ले आफ्नो वार्षिकोत्सवका रुपमा मनाउदै आएको छ । वार्षिकोत्सवका दिन यहि भदौ १३ गते राखेपले त्रिपुरेश्वरस्थित आफ्नै हातामा कार्यक्रम आयोजना गरेको थियो ।

    खेलाडीहरुलाई व्यक्तित्व विकास तालिम

    नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले खेलाडीको व्यक्तित्व विकासलाई लक्षित गरी तालिम आयोजना ग¥यो ।

    एकदिने तालिमको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच उद्घाटन गरे । अन्तर्राष्ट्रिय खेलाडी तथा सम्भावना भएका खेलाडीहरुलाई प्रशिक्षण दिएको आयोजक संघका अध्यक्ष दिपक श्रेष्ठले जनाएका छन् । 

    विभिन्न दश खेलका ५० जना खेलाडी सहभागी थिए । तेक्वान्दो, कराते, बक्सिङ, उसु, जुडो, भलिबल, कुस्ती, कबड्डी, पौडी र भारोत्तोलन संघसंग आवश्यक समन्वय तालिम सञ्चालन गरिएको संघले जनाएको छ ।खेलाडीहरुलाई मिस नेपालदेखि अनुभवी सन्चारकर्मीहरुले व्यक्तित्व विकास सम्बन्धी प्रशिक्षण दिएका थिए ।

    ट्रायल मास्टरमा नेपालका ९ खेलाडी सहभागी हुने

    मलेसियाको सबाहमा हुने एसियाली ट्रायल मास्टर च्याम्पियनसिप फाइनलमा नेपालबाट ९ खेलाडी सहभागी हुने भएका छन् । त्यसका लागि ९ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली बिहीबार मलेसिया प्रस्थान गर्दैछ ।

    सेप्टेम्बर १२ देखि १५ तारिखसम्म हुने प्रतियोगितामा रशिला तामाङ, प्रिया राई, छोकी शेर्पा, पदमकुमारी सुनुवार, आङ फुर्वा शेर्पा, मिलन कुलुङ, लोकेन्द्र राई, अर्जुन कुलुङ राई र फुर्पा सिंगी तामाङले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । 

    रशिला भने प्रतियोगिताका लागि स्पेनमा रहेकाले त्यत्तैबाट मलेसिया जाने छिन् । सबै खेलाडीले ७८ किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्ने नेपाल एडभेन्चर रनिङ महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्रीले जनाएका छन् ।

    प्रशिक्षकमा पूर्ण तामाङ तथा अफिसियलमा सुवास थापा र रिकेश योञ्जन रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र राखेप कार्यकारी समितिका सदस्य एवं नेपाल एडभेन्चर रनिङ महासंघका अध्यक्ष एकेन्द्र कुँवरले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

    सो अवसरमा सदस्य–सचिव घिसिङले महासंघको कार्यको प्रशंसा गर्दै वार्षिक क्यालेन्डर नै तयारी गरी कार्यक्रमलाई अगाडि बढाउनु पर्नेमा जोड दिए । उनले खेलाडीको तयारी, खेलाडीको विगतको अन्तर्राष्ट्रिय सहभागिता, उपलब्धी र टाइमिङलागायतका विषयमा खेलाडीसंग चासो व्यक्त गरेका थिए ।

    अध्यक्ष कुँवरले खेलाडीलाई बढी भन्दा बढी एक्सपोजर दिन महासंघले प्रयत्न गरिरहेको बताउदै सामूहिक प्रयासले महासंघलाई नेपालकै उत्कृष्ट खेल संघ बनाउन क्रियाशिल रहने प्रतिबद्धता जनाए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com