images
images

एनसेल पीआरबीटी सेवाले एनपीएलमा उत्साह थप्दै, मनपर्ने टिमलाई समर्थन गर्न कल राख्न सकिने

एनसेल पीआरबीटी सेवाले एनपीएलमा उत्साह थप्दै, मनपर्ने टिमलाई समर्थन गर्न कल राख्न सकिने

शुक्रवार, पुस ५ २०८१
शुक्रवार, पुस ५ २०८१
  • एनसेल पीआरबीटी सेवाले एनपीएलमा उत्साह थप्दै, मनपर्ने टिमलाई समर्थन गर्न कल राख्न सकिने
    images
    images

    काठमाडौँ / नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल भोलि हुन गइरहेको छ, र यसले क्रिकेटप्रेमीहरूको उत्साहलाई चरम उत्कर्षमा पुर्याएको छ । 

    यो माहोललाई अझ रोमाञ्चक बनाउन, एनसेलले आफ्ना ग्राहकहरूलाई आफूलाई मनपर्ने टिमलाई समर्थन गर्न कल टोन राख्न सकिने सुविधा ल्याएको छ ।

    यससँगै ग्राहकहरुले एनपीएलका टिमहरुको थिम गीतलाई पर्सनलाइज्ड रिङ ब्याक टोन (पीआरबीटी)का रूपमा आफ्नो फोनमा सेट गर्न सक्छन् ।

    बिहीबारसम्म ५० हजारभन्दा बढी एनसेल ग्राहकहरूले एनपीएलका विभिन्न टिमहरूको थिम गीतलाई आफ्नो पीआरबीटीका रूपमा राखिसकेका छन् । 

    धेरै ग्राहकहरू आफ्नो टिमलाई समर्थन गर्न कल टोन सेट गरिरहेका छन् । ग्राहकहरूले ८ज्ञद्दघ८ट३ डायल गरेर आफूले रोजेको पीआरबीटी राखेर क्रिकेटको माहोललाई थप उत्साहजनक बनाउन सक्छन् ।

    एनसेलको पीआरबीटी एक विषेश सेवा हो । यो सेवा अन्तर्गत ग्राहकहरूले नर्मल गीतहरू बाहेक अन्य तीन तरिकामा आफ्नो रुचि, मुड, वा विशेष अवसरसँग मेल खाने गरी कल टोन सेट गर्न सक्छन् । 

    ‘नेम ट्युन’ पीआरबीटी सेवामा ग्राहकहरूले आफ्नो नामलाई कलर टोनको रूपमा सेट गर्न पनि सक्छन् । त्यसैगरी ‘स्टाटस पीआरबीटी’ अन्तर्गत निश्चित समयका लागि आफ्नो गतिविधी अनुसारमा टोन राख्न सकिन्छ । 

    जस्तै : कुनै ग्राहकले आफूले गाडी चलाइरहेको छ भने उसले फोन गर्नेहरुलाई आफुले गाडी चलाइरहेको जानकारी दिने टोन राख्न सक्छन् ।

    यसबाहेक ‘आफ्नै धुन’ पीआरबीटी सेवा अन्तर्गत ग्राहकले आफुलाई मनपर्ने गीत, धुन वा कुनै अडियो रेकर्ड गरी अपलोड गरेर टोनका रुपमा पनि राख्न सक्छन् । 

    प्रत्येक पीआरबीटीको शुल्क करसहित मात्र रु ३१ पर्छ र यो ३० दिनसम्म सक्रिय रहन्छ ।

    यस पीआरबीटी सेवामा सुशान्त केसी, याबेश थापा, भेकजस्ता औद्यी मन पराइएका कलाकारका गीतहरू देखि लिएर अरु गीतहरू पनि हरेक संगीतप्रेमीको ईच्छा अनुसार छान्न सकिन्छ । 

    एनसेलले आफ्नो पीआरबीटी सेवामा नयाँ र ट्रेन्डिङ गीतहरू नियमित रूपमा थप्ने गर्दछ, जसले यो सेवालाई विशेष बनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार