काठमाडौँ / नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर नयाँ कीर्तिमान बनेको हो ।
यस दिन सुनको मूल्य तोलामा १ लाख ५३ हजार ४०० रुपैयाँ पुगेको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार ४०० कायम भएको थियो ।
यसैबीच बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ७६५ रुपैयाँ तोकिएकोमा बुधबार बढेर १ हजार ७८० रुपैयाँ कायम भएको हो ।