images
images

दशैं–तिहारलाई लक्षित गर्दै केन्ट आरओ वाटर प्यूरिफायरको विशेष अफर, ग्राहकलाई के–के छ सुविधा ?

दशैं–तिहारलाई लक्षित गर्दै केन्ट आरओ वाटर प्यूरिफायरको विशेष अफर, ग्राहकलाई के–के छ सुविधा ?

बुधवार, भदौ २६ २०८१
बुधवार, भदौ २६ २०८१
  • दशैं–तिहारलाई लक्षित गर्दै केन्ट आरओ वाटर प्यूरिफायरको विशेष अफर, ग्राहकलाई के–के छ सुविधा ?

    काठमाडौँ / नेपालमा केन्ट उत्पादनहरूको एक मात्र आधिकारिक वितरक ईओएल प्रालि, सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले विशेष ग्राहक योजना सार्वजनिक गरेको छ ।

    केन्ट आरओ वाटर प्यूरिफायरले दशैं तिहारलाई लक्षित गर्दै ‘यो दशैं–तिहार, केन्टसँग स्वास्थ्य र शुद्धता अँगालौं’ नारासहित विशेष अफर सार्वजनिक गरेको हो ।

    यस योजना अन्तर्गत केन्टका आरओ वाटर प्यूरिफायरहरू खरिद गर्दा ग्राहकहरूले सीजी ब्राण्डको १.८ लिटर इलेक्ट्रिक केटल उपहार स्वरूप पाउने कम्पनीले जनाएको छ । यस योजनाले नेपाली परिवारहरूलाई स्वच्छ र शुद्ध पानी पिउने स्वस्थ जीवनशैलीको महत्त्वलाई प्रोत्साहन गर्ने उद्देश्य कम्पनीले राखेको छ।

    केन्टका उत्पादित आरओ प्यूरिफायरहरूले १०० प्रतिशत शुद्ध पानी मात्र प्रदान नगरी आवश्यक खनिज पदार्थहरू पनि कायम राख्छन् । यिनीहरूमा रो प्लस युभि प्लस युएफ प्लस टीडीएस टेक्नोलोजीको प्रयोग गरिएको छ जसले पानीलाई पूर्ण रूपमा शुद्ध बनाउँछ।

    साथै, प्यूरिफायरमा रहेको यूभी इन ट्याङ्क र डिजिटल प्योयरिटी डिस्प्लेले शुद्धताको गुणस्तरको बारेमा सुनिश्चितता दिन्छ। यस अफर भदौ २३ गतेदेखि सिमित अवधिका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ र सम्पूर्ण नेपालभर लागू हुनेछ । यो योजना केन्टका सबै आरओ मोडेलमा लागू गरिएको छ, जसमा केन्ट ग्रान्ड प्लस, केन्ट पर्ल र केन्ट ग्रान्ड स्टारजस्ता मोडेलहरू समावेश छन्।

    केन्ट ब्राण्डका अन्य उत्पादनहरू जस्तै एयर प्यूरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू, र स्मार्ट किचन उपकरणहरू पनि नेपाली बजारमा निकै लोकप्रिय छन् । यस योजनाको साथ, ग्राहकहरूलाई स्वच्छ पानीको महत्त्व बुझाउँदै सिजी इलेक्ट्रोनिक्सले स्वास्थ्य र स्वच्छताको साथमा पर्व मनाउनका लागि प्रोत्साहित गरिरहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार