images
images

आफू मातहतको जग्गाको खोजी गर्दै स्वास्थ्य मन्त्रालय, सर्वसाधारणसँग माग्यो सहयोग

आफू मातहतको जग्गाको खोजी गर्दै स्वास्थ्य मन्त्रालय, सर्वसाधारणसँग माग्यो सहयोग

बुधवार, भदौ २६ २०८१
बुधवार, भदौ २६ २०८१
  • आफू मातहतको जग्गाको खोजी गर्दै स्वास्थ्य मन्त्रालय, सर्वसाधारणसँग माग्यो सहयोग

    काठमाडौँ / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू मातहतका सबै जग्गाको खोजी गर्न थालेको छ ।  एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले सबै विभाग, केन्द्र, अस्पताल र प्रयोगशालाका जग्गाको खोजी गर्न सुरु गरेको जानकारी दिएको हो । 

    images
    images

    ती जग्गाको संरक्षण तथा उचित व्यवस्थापनका लागि प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा समिति गठन गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

    प्रवक्ता डा. प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिमा मन्त्रालयले तत् निकायका नाममा रहेका जग्गाको विवरण, उपयोगको अवस्था समेतका विवरण १५ दिनभित्र पठाउन पत्राचार समेत गरेको जारी गरेको उल्लेख गरिएको छ । 

    यो प्रयासलाई सार्थक बनाउन सबै वर्ग तथा क्षेत्रको सहयोग आवश्यक भएको भन्दै मन्त्रालयले यस सम्बन्धमा केही सूचना भए जानकारी दिनसमेत सर्वसाधारणलाई आग्रह गरिएको छ । 

    जग्गा अतिक्रमण वा अन्य कुनै तरिकाले दुरुपयोग भएको थाहा भएमा मोवाईल नम्बर ९८५१२६४५५५ वा मन्त्रालयको इमेल ठेगाना [email protected] मा पठाई सहयोग गर्न मन्त्रालयको आग्रह छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार