images
images

सिद्धार्थ बैंकद्वारा अमरसिंह माध्यमिक विद्यालयमा निर्मित बहुउद्देश्यीय हलको औपचारिक हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा अमरसिंह माध्यमिक विद्यालयमा निर्मित बहुउद्देश्यीय हलको औपचारिक हस्तान्तरण

शनिवार, भदौ २९ २०८१
शनिवार, भदौ २९ २०८१
  • सिद्धार्थ बैंकद्वारा अमरसिंह माध्यमिक विद्यालयमा निर्मित बहुउद्देश्यीय हलको औपचारिक हस्तान्तरण

    काठमाडौँ / सिद्धार्थ बैंक लिमिटेडले अमरसिंह माध्यमिक विद्यालयमा निर्मित बहुउद्देश्यीय हलको औपचारिक हस्तान्तरण गरेको छ । 

    images
    images
    images
    images

    बैंकले गण्डकी प्रदेशको कास्की जिल्लामा अवस्थित अमरसिंह माध्यमिक विद्यालयलको दृष्टिविहिन शाखामा निर्माण गरिएको बहुउद्देश्यीय हलको समुद्घाटन गर्दै उक्त हल विद्यालयलाई औपचारिक रूपमा हस्तान्तरण गरेको हो ।

    उक्त हलको समुद्घाटन बैंक सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडिया तथा  विद्यालयका अध्यक्ष कृष्णप्रसाद कोइरालाद्वारा गरिएको छ । बैंकले उक्त हल निर्माण गर्नुका साथसाथै विद्यालयललाई २० थान कम्प्युटर तथा अन्य आवश्यक उपकरणहरू जस्तै सोलार, यूपीएस र ब्याट्री पनि प्रदान गरेको छ । 

    सो सहयोगले दृष्टिविहीन विद्यार्थीहरूको आवश्यकतालाई पुरा गर्दै उहाँहरूको आत्मविश्वासमा पनि वृद्धि ल्याउने विश्वास लिएको बैंकले जनाएको छ । 

    thy.JPG
    यसैगरी विद्यालयलाई प्रदान गरिएका कम्प्युटरहरूमार्फत विद्यार्थीहरूलाई आधुनिक प्रविधिमा पोख्त्त बनाउन, शैक्षिक सामग्री अनलाइन मार्फत प्राप्त गर्न, प्राविधिक सीपलाई बढाउन केही हदसम्मा भए पनि मद्दत पुर्याउने बैंकले जनाएको छ । 

    बैंकले आफ्नो स्थापनाकालबाट नै विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउंदै आएको छ भने आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार