images
images

देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कुन प्रदेशको मौसम कस्तो रहला ?

देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कुन प्रदेशको मौसम कस्तो रहला ?

शुक्रवार, पुस ५ २०८१
शुक्रवार, पुस ५ २०८१
  • देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कुन प्रदेशको मौसम कस्तो रहला ?
    images
    images

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

    महाशाखाका अनुसार,कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी मौसम सफा रहेको छ । तराई तथा उपत्यकाका केही स्थानहरूमा कुहिरोको लागेको छ । 

    दिउँसो हिमाली, तराई र पहाडी क्षेत्र मुख्यतया सफा रहने सम्भावना छ ।

    बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु साथै कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार