images
images

डोनाल्ड ट्रम्पमाथि आक्रमणको प्रयासबारे एफबीआईले के भन्यो ?

डोनाल्ड ट्रम्पमाथि आक्रमणको प्रयासबारे एफबीआईले के भन्यो ?

सोमवार, भदौ ३१ २०८१
सोमवार, भदौ ३१ २०८१
  • डोनाल्ड ट्रम्पमाथि आक्रमणको प्रयासबारे एफबीआईले के भन्यो ?

    अमेरिकी गुप्तचर एजेन्सी एफबीआईले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आक्रमण गर्ने प्रयास भएको बताएको छ ।

    images
    images

    यस घटनामा एकजना संदिग्ध पक्राउ परेको अमेरिकी अधिकारीहरूले पुष्टि गरेको हो । ट्रम्पमाथि उनकै स्वामित्वमा रहेको गल्फ कोर्स आक्रमण भएको हो ।  

    'सीक्रेट सर्भिस एजेन्टहरू'ले झाडीबाट राइफल सोझ्याउँदै देखेको र लगत्तै उनीहरूले ती व्यक्तिमाथि गोली प्रहार गरेको अधिकारीहरूको भनाइ छ। त्यस बेला ट्रम्प गल्फ खेलिरहेका थिए।

    राइफल ताकिँदै गर्दा ट्रम्प २७५ देखि ४५५ मिटरजति मात्र टाढा रहेको एफबीआईले जनाएको छ।

    घटनास्थलबाट एके ४७ जस्ता बन्दुक र स्कोप बरामद भएको छ । यससँगै घटनास्थलबाट दुईवटा झोला र एउटा गोप्रो क्यामेरा पनि फेला परेको छ ।

    अमेरिकी सञ्चारमाध्यमहरूले पक्राउ परेका व्यक्ति हवाई निवासी ५८ वर्षका पुरुष रहेको जनाएका छन्।

    प्रत्यक्षदर्शीले के देखे ? 

    प्रत्यक्षदर्शीका अनुसार ती सन्दिग्ध व्यक्तिलाई पछि सुरक्षाकर्मीले धेरै पटक गोली प्रहार गरेका थिए। त्यसपछि कोही झाडीबाट भागेर कालो 'निसान' कारमा हाम फालेको देखिएको थियो।

    ती प्रत्यक्षदर्शीले उक्त गाडी र त्यसको नम्बर प्लेटको तस्बिर लिएका थिए। त्यो गाडी पछि मार्टिन काउन्टीमा रोकियो।

    "हामीले मार्टिन काउन्टी शेरिफको कार्यालयलाई सचेत गरायौँ। उनीहरूले गाडी देखे र गाडीबाट तानेर उक्त पुरुषलाई नियन्त्रणमा लिए," पाम बीच काउन्टीका शेरिफ रिक ब्र्याड्शले भने।

    "त्यसपछि हामीले घटनाका प्रत्यक्षदर्शीलाई ल्याएर देखाउँदा उनले झाडीबाट भाग्दै गरेको र कारमा बसेको व्यक्तिको रूपमा उसलाई पहिचान गरे," उनले पत्रकार सम्मेलनमा भने।

    पक्राउ परेका सन्दिग्ध व्यक्ति को हुन् ? 

    सरकारी स्रोतहरूलाई उद्धृत गर्दै बीबीसीको अमेरिकी साझेदार सीबीएसले पक्राउ परेका सन्दिग्ध परेका व्यक्तिको नाम र्‍यान वेस्ली राउथ भएको जनाएको छ।

    बीबीसी भेरिभाईले विभिन्न सामाजिक सञ्जालमा भएका उनको नामसँग मेल खाने फ्रोफाइलमा उनले विदेशी लडाकुहरूलाई युक्रेन गएर रुसविरुद्ध लड्न आह्वान गरेको तथ्य फेला पारेको छ।

    उनले सैन्य तालिम लिएका छैनन्। सन् २०२३ मा उनले न्यूयोर्क टाइम्सलाई रुसले युक्रेनमाथि सन् २०२२ मा धावा बोलेपछि आफू तत्काल युक्रेन गएको र तालिबान छोडेर भागेका अफगान सैनिकलाई भर्ती गर्न सकिन्छ कि भनेर पत्ता लगाउन खोजेको बताएका थिए।

    1.PNG

    "सैनिकहरू हो, मलाई फोन नगर। हामी अझै युक्रेनलाई अफगान सैनिकहरू स्वीकार गर्न मनाउन खोज्दै छौँ अनि त्यसको उत्तर आगामी महिनामा आउने आशमा छौँ," गत जुलाईमा फेसबुकमा उनले लेखेका थिए।

    सीबीएस न्यूजका स्रोतहरूका अनुसार राउथले विगतमा अपराध गरेको अभिलेखमा देखिएको छ। उनी लुकाएर हतियार बोकेकोसहित विभिन्न फौजदारी अपराधमा दोषी ठहर भएका थिए।

    ट्रम्पले के भने ?

    आफ्ना समर्थकहरूलाई पठाएको इमेलमा ट्रम्पले आफू "सुरक्षित र राम्रो अवस्थामा" रहेको बताएका छन्। "कुनै पनि कुराले मलाई पछाडि धकेल्न सक्दैन," उनले लेखेका छन्, "म कहिल्यै पनि आत्मसमर्पण गर्दिनँ!"

    यसअघि पेन्सिल्भेनिआको एउटा चुनावी र्‍यालीमा एक बन्दुकधारीले ट्रम्पमाथि गोली प्रहार गरेका थिए। त्यस क्रममा उनको कानमा गोली लागेको थियो। उनको हत्या गर्ने प्रयासका रूपमा उक्त घटनालाई हेरिएको थियो। पेन्सिल्भेनिआमा भएको आक्रमणको दुई महिनापछि यो घटना भएको हो।

    बिडेन र ह्यारिसले के भने ?

    अमेरिकी राष्ट्रपति कार्यालयले राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई यस घटनाबारे जानकारी गराएको जनाएको छ। डोनाल्ड ट्रम्पले गल्फ खेलेको ठाउँलाई ट्रम्प अन्तर्राष्ट्रिय गल्फ कोर्स भनिन्छ।

    ह्वाइट हाउसले भनेको छ, "ट्रम्प सुरक्षित रहेकोमा राष्ट्रपति र उपराष्ट्रपतिलाई राहत मिलेको छ।" बिडेन र ह्यारिसलाई टोलीले निरन्तर जानकारी दिनेछ।

    कमला ह्यारिसले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘अमेरिकामा हिंसाका लागि कुनै ठाउँ छैन ।

    जो बाइडेनले भने, "मैले पहिले पनि धेरै पटक भनेको छु, देशमा राजनीतिक हिंसा वा कुनै पनि प्रकारको हिंसाको लागि कुनै ठाउँ छैन।"

    ट्रम्पका उपराष्ट्रपति पदका उम्मेदवार जेडी भान्सले भने, ‘यो खबर बाहिर आउनुअघि नै मैले ट्रम्पसँग कुरा गरेँ र उनी पूर्णरुपमा ठीक थिए । मलाई अझै धेरै थाहा छैन, तर आज राती म मेरा बच्चाहरूलाई अझ कडा अँगालो हाल्नेछु र भगवानलाई धन्यवाद दिनेछु।

    ट्रम्पमाथि हमलापछि उनका समर्थकहरू फ्लोरिडास्थित उनको घरबाहिर भेला हुन थालेका छन् ।

    जब ट्रम्पमाथि आक्रमण भएको थियो

    जुलाई १३ मा पेन्सिलभेनियामा चुनावी र्‍यालीमा ट्रम्पमाथि आक्रमण भएको थियो । ट्रम्पमाथि लागेको गोली उनको कानबाट छुटेको थियो ।

    त्यसबेला सार्वजनिक भएका तस्विरहरूमा ट्रम्पको कानबाट रगत निस्किरहेको देखियो ।

    ट्रम्पमाथि यो हमला र्‍याली स्थल नजिकैको छतबाट गरिएको थियो। आक्रमणकारीको नाम थोमस म्याथ्यु क्रक्स थियो। उहाँ 20 वर्षको हुनुहुन्थ्यो। थोमसलाई गोप्य सेवा स्नाइपरले गोली हानेको थियो।

    यो घटनापछि गोप्य सेवामा धेरै प्रश्न उठेका छन् । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सुरक्षामा खटिएका प्रहरी अधिकारीहरूले आक्रमणकारीलाई यति नजिक कसरी आउन दिए भन्ने प्रश्न सोधिएको थियो ।

    थोमसले ट्रम्पमाथि १३० मिटर टाढाबाट गोली हानेका थिए । घटना भएको दुई हप्तापछि गोप्य सेवा निर्देशक किम्बर्ली चेटलले आफ्नो पदबाट राजीनामा दिनुपरेको थियो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार