images
images

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश प्रस्ताव पारित, चुक्तापुँजी ३ अर्ब ५५ करोड ६२ लाख पुग्यो

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश प्रस्ताव पारित, चुक्तापुँजी ३ अर्ब ५५ करोड ६२ लाख पुग्यो

बुधवार, माघ २ २०८१
बुधवार, माघ २ २०८१
  • सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश प्रस्ताव पारित, चुक्तापुँजी ३ अर्ब ५५ करोड ६२ लाख पुग्यो
    images
    images

    काठमाडौँ / सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको २०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । गत सोमबार अम्रपाली ब्याङ्क्वेट बालुवाटारमा सम्पन्न सभाले लाभांश प्रस्तावसमेत पारित गरेको छ ।

    बैंकले सेयरधनीहरूका लागि चुक्तापुँजी ३ अर्ब ४३ करोड ९ लाख रुपैयाँ बराबरको ३.६५१६६ प्रतिशत बोनस सेयर र ०.१९२२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

    सभाले बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको ३ अर्ब ४३ करोड ९ लाख ७१ हजामर ३०२ रुपैयाँ बराबरको बोनस सेयर र ६५ लाख ९३ हजार ९१७ रुपैयाँ बराबरको नगद लाभांशलाई पारित गरेको हो । 

    उक्त प्रस्ताव पारित भएसँगै सांग्रिला डेभलपमेन्ट बैंकको चुक्तापुँजी ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार रुपैयाँ पुगेको छ ।

    साधारण सभाले आ.व.०८०/८१ को वित्तीय विवरणसहित लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र संशोधन, मर्जर तथा प्राप्तिलगायतका प्रस्ताव समेत पारित गरेको छ ।

    आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर ११२ शाखा कार्यालय, ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ । 

    साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको यस बैंकले आगामी दिनमा यसलाई अझ सशक्त बनाउँदै लैजाने प्रतिवद्धता जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार