images
images

एलन मस्कले हटाए बाइडेन र कमलाको हत्या गर्न उक्साउने ट्विट, मस्कले के लेखेका थिए ?

एलन मस्कले हटाए बाइडेन र कमलाको हत्या गर्न उक्साउने ट्विट, मस्कले के लेखेका थिए ?

मंगलवार, असोज १ २०८१
मंगलवार, असोज १ २०८१
  • एलन मस्कले हटाए बाइडेन र कमलाको हत्या गर्न उक्साउने ट्विट, मस्कले के लेखेका थिए ?

    अमेरिकी उद्यमी एलन मस्कले अमेरिकी राष्ट्रपति जो बाइडेन  र उपराष्ट्रपति तथा राष्ट्रपति पदको उम्मेदवार कमला ह्यारिसको हत्या गर्न उक्साउने किसिमको ट्विट गरेका थिए ।

    images
    images

    तर चैतफी आलोचना र विरोध पश्चात मस्कले उक्त ट्विट डिलिट गरेका छन् । डेमोक्रेट्सबाट राष्ट्रपति बनेका बाइडेन र आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेट्सबाटै उम्मेदवार बनेकी कमला ह्यारिसमाथि मस्कले सामाजिक सञ्जाल एक्समा टिप्पणी गरेका थिए । कमला भने अमेरिकाको वर्तमान उपराष्ट्रपति पनि हुन् ।

    डोनाल्ड ट्रम्पमाथि दोस्रो पटक पनि आक्रमणको प्रयास भएकोमा चिन्ता व्यक्त गर्दै मस्कले चिन्ता व्यक्त गर्दै एलोन मस्कले एक्समा लेखेका थिए, ‘कसैले कमला ह्यारिस र जो बाइडेनको हत्या गर्ने प्रयास पनि गरिरहेको छैन ।’ 

    मस्कको यो ट्विटपछि सामाजिक सञ्जालमा हंगामा नै मच्चिएको छ । , एक्समा विभिन्न किसिमका कमेन्टहरु आइरहेका छन् । जसमा कसैले मस्कलाई प्रश्न गरिरहेका छन् भने कसैले उनी माथि समर्थन जनाइरहेका छन् ।

    बाइडेन र ह्यारिसको हत्याको विषयलाई लिएर टिप्पणी गरेपछि मस्कको चौतर्फी आलोचना भएको थियो । धेरैले उनले त्यस्तो टिप्पणी गरेकोमा आपत्ति जनाएका थिए ।

    उनको टिप्पणीपछि सोमबार राति नै ट्विटरमा दक्षिण अफ्रिकामा जन्मिएका मस्कविरुद्ध’डिपोर्ट एलम मस्क’ ह्यासट्याग अभियान चलाइएको थियो । साथै थुप्रै सरकारी अधिकारीहरुले पनि गैरजिम्मेवार टिप्पणी गरेकोमा आपत्ति जनाएका थिए ।

    मस्कले लेखेका थिए, ‘कसैले बाइडेन र कमलाको हत्या प्रयास गरिरहेको छैन’ । मस्कले इमोजीबाट आश्चर्यजनक भाव प्रकट गर्दै आइतबार यस्तो टिप्पणी गरेका हुन् । आइतबार पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको हत्या प्रयासको अभियोगमा एक जना पक्राउ परेपछि मस्कले बाइडेन र कमलाप्रति त्यस्तो टिप्पणी गरेका थिए ।

    तर मस्कको यस्तो ट्विट आएपछि धेरैले आपत्ति जनाएका थिए । धेरैले आपत्ति जनाएपछि मस्कले आफ्नो ट्विट हटाएका हुन् । ट्विट हटाउँदै उनले त्यसलाई जोक गरेको प्रतिक्रिया पनि दिएका छन् ।

    टेस्ला र स्पेस एक्सका मालिकसमेत रहेका मस्कले अमेरिकी राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा राष्ट्रपतिका उम्मेदवार ट्रम्पको प्रसंशा गर्न थालेका छन् । जवकि उनी विगतमा वर्षौंदेखि नै डेमोक्रेट पार्टीको समर्थक रहँदै आएका थिए । 

    तर, ट्रम्प र यसअघि उम्मेदवार बनेका जो बाइडेनको प्रेसिडेन्सियल डिबेटपछि मस्क अचानक ट्रम्पको समर्थनमा खुलेर लागेका हुन् ।

    व्यापार तथा राजनीतिक स्वतन्त्रता सम्बन्धी थुप्रै नीतिबीच एकरुपता नभए पनि ट्रम्प र मस्क केही महिनायता नजिकिएका छन् । मस्कले ट्रम्पको बाइडेनसँगको डिबेट ट्विटरमार्फत् लाइभ समेत गरेका थिए ।

    Elon musk, baiden, kamala.PNG

    आफु माथि आक्रमण भएपछि ट्रम्पले के भने ? 

    आफ्ना समर्थकहरूलाई पठाएको इमेलमा ट्रम्पले आफू "सुरक्षित र राम्रो अवस्थामा" रहेको बताएका छन्। "कुनै पनि कुराले मलाई पछाडि धकेल्न सक्दैन," उनले लेखेका छन्, "म कहिल्यै पनि आत्मसमर्पण गर्दिनँ!"

    यसअघि पेन्सिल्भेनिआको एउटा चुनावी र्‍यालीमा एक बन्दुकधारीले ट्रम्पमाथि गोली प्रहार गरेका थिए। त्यस क्रममा उनको कानमा गोली लागेको थियो। उनको हत्या गर्ने प्रयासका रूपमा उक्त घटनालाई हेरिएको थियो। पेन्सिल्भेनिआमा भएको आक्रमणको दुई महिनापछि यो घटना भएको हो।

    बिडेन र ह्यारिसले के भने ?

    अमेरिकी राष्ट्रपति कार्यालयले राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई यस घटनाबारे जानकारी गराएको जनाएको छ। डोनाल्ड ट्रम्पले गल्फ खेलेको ठाउँलाई ट्रम्प अन्तर्राष्ट्रिय गल्फ कोर्स भनिन्छ।

    ह्वाइट हाउसले भनेको छ, "ट्रम्प सुरक्षित रहेकोमा राष्ट्रपति र उपराष्ट्रपतिलाई राहत मिलेको छ।" बिडेन र ह्यारिसलाई टोलीले निरन्तर जानकारी दिनेछ।

    कमला ह्यारिसले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘अमेरिकामा हिंसाका लागि कुनै ठाउँ छैन ।

    जो बाइडेनले भने, "मैले पहिले पनि धेरै पटक भनेको छु, देशमा राजनीतिक हिंसा वा कुनै पनि प्रकारको हिंसाको लागि कुनै ठाउँ छैन।"

    ट्रम्पका उपराष्ट्रपति पदका उम्मेदवार जेडी भान्सले भने, ‘यो खबर बाहिर आउनुअघि नै मैले ट्रम्पसँग कुरा गरेँ र उनी पूर्णरुपमा ठीक थिए । मलाई अझै धेरै थाहा छैन, तर आज राती म मेरा बच्चाहरूलाई अझ कडा अँगालो हाल्नेछु र भगवानलाई धन्यवाद दिनेछु।

    ट्रम्पमाथि हमलापछि उनका समर्थकहरू फ्लोरिडास्थित उनको घरबाहिर भेला हुन थालेका छन् ।

    दुई पटकसम्म भयो ट्रम्प माथि आक्रमण....

    अमेरिकी गुप्तचर एजेन्सी एफबीआईले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आक्रमण गर्ने प्रयास भएको बताएका थिए । यस घटनामा एकजना संदिग्ध पक्राउ परेको अमेरिकी अधिकारीहरूले पुष्टि गरेको हो । ट्रम्पमाथि उनकै स्वामित्वमा रहेको गल्फ कोर्स आक्रमण भएको हो ।   

    1.PNG

    'सीक्रेट सर्भिस एजेन्टहरू'ले झाडीबाट राइफल सोझ्याउँदै देखेको र लगत्तै उनीहरूले ती व्यक्तिमाथि गोली प्रहार गरेको अधिकारीहरूको भनाइ छ। त्यस बेला ट्रम्प गल्फ खेलिरहेका थिए।राइफल ताकिँदै गर्दा ट्रम्प २७५ देखि ४५५ मिटरजति मात्र टाढा रहेको एफबीआईले जनाएको छ।

    घटनास्थलबाट एके ४७ जस्ता बन्दुक र स्कोप बरामद भएको छ । यससँगै घटनास्थलबाट दुईवटा झोला र एउटा गोप्रो क्यामेरा पनि फेला परेको छ ।अमेरिकी सञ्चारमाध्यमहरूले पक्राउ परेका व्यक्ति हवाई निवासी ५८ वर्षका पुरुष रहेको जनाएका छन्।

    यस्तै, जुलाई १३ मा पेन्सिलभेनियामा चुनावी र्‍यालीमा ट्रम्पमाथि आक्रमण भएको थियो । ट्रम्पमाथि लागेको गोली उनको कानबाट छुटेको थियो ।त्यसबेला सार्वजनिक भएका तस्विरहरूमा ट्रम्पको कानबाट रगत निस्किरहेको देखियो ।

    ट्रम्पमाथि यो हमला र्‍याली स्थल नजिकैको छतबाट गरिएको थियो। आक्रमणकारीको नाम थोमस म्याथ्यु क्रक्स थियो। उहाँ 20 वर्षको हुनुहुन्थ्यो। थोमसलाई गोप्य सेवा स्नाइपरले गोली हानेको थियो।

    यो घटनापछि गोप्य सेवामा धेरै प्रश्न उठेका छन् । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सुरक्षामा खटिएका प्रहरी अधिकारीहरूले आक्रमणकारीलाई यति नजिक कसरी आउन दिए भन्ने प्रश्न सोधिएको थियो । थोमसले ट्रम्पमाथि १३० मिटर टाढाबाट गोली हानेका थिए । घटना भएको दुई हप्तापछि गोप्य सेवा निर्देशक किम्बर्ली चेटलले आफ्नो पदबाट राजीनामा दिनुपरेको थियो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार