images
images

मुक्तिनाथ फाउन्डेसन तेस्रो वाषिकोत्सव, वृहत रक्तदान तथा निशुल्क दन्त परीक्षण कार्यक्रम सम्पन्न

मुक्तिनाथ फाउन्डेसन तेस्रो वाषिकोत्सव, वृहत रक्तदान तथा निशुल्क दन्त परीक्षण कार्यक्रम सम्पन्न

मंगलवार, असोज १ २०८१
मंगलवार, असोज १ २०८१
  • मुक्तिनाथ फाउन्डेसन तेस्रो वाषिकोत्सव, वृहत रक्तदान तथा निशुल्क दन्त परीक्षण कार्यक्रम सम्पन्न

    काठमाडौँ / मुक्तिनाथ फाउन्डेसनले तेस्रो वाषिकोत्सवको अवसरमा आयोजना गरेको वृहत रक्तदान तथा निशुल्क दन्त परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । 

    images
    images

    सामाजिक तथा आर्थिक रुपले पछाडि परेका र पारिएका व्यक्ति तथा समुदायहरुलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रुपान्तरण गर्ने उद्देश्यले स्थापित मुनाफा वितरण नगर्ने यस मुक्तिनाथ फाउण्डेशनले आफ्नो तेस्रो वार्षिकोत्सव अवसरमा बृहत रक्तदान रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । 

    २०७८ असोज १ गते दर्ता भएको यो संस्थाले संस्थाका उद्देश्य भित्रका लक्षित वर्गका व्यक्ति तथा समुदायलाई सबलीकरण गर्न एक सशक्त सामाजिक संस्थाको रुपमा कार्य गर्दछ । 

    सामाजिक क्षेत्रमा विभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै आएको यस संस्थाको तेस्रो वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम तथा निशुल्क दन्त परीक्षण कार्यक्रम सम्पन्न भएको छ । 

    तेस्रो वार्षिकोत्सवमा आयोजित रक्तदान कार्यक्रममा ५५ पोका रगत संकलन भएको छ भने ४८ जनाले निशुल्क दन्त परीक्षण सेवा लिनु भएको छ । रक्तदान कायक्रमलाई केन्द्रीय रक्तसंचार केन्द्रबाट प्राविधिक सहयोग प्राप्त भएको थियो भने दन्त परीक्षण सेवाको लागि कान्तिपुर डेन्टल अस्पतालको प्राविधिक सहयोग प्राप्त भएको थियो । 

    सोही अवसरमा संस्थाका अध्यक्ष भरतराज ढकालले १० हजार रुपैयाँ, संचालक सिताराम काफ्लेले १० हजार रुपैयाँ तथा संचालक राम प्रसाद पोख्रेलले १० हजार रुपैयाँ संस्थालाई आ–आफ्नो जन्मोत्सवको उपलक्ष्यमा आर्थिक सहयोग गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार