images
images

को बन्ला विश्वको पहिलो खर्बपति ?

को बन्ला विश्वको पहिलो खर्बपति ?

बुधवार, असोज २ २०८१
बुधवार, असोज २ २०८१
  • को बन्ला विश्वको पहिलो खर्बपति ?

    संसारको सबैभन्दा धनी व्यक्ति एलोन मस्कको बारेमा कसलाई थाहा छैन होला र ! 

    images
    images

    इलेक्ट्रिक कार निर्माता टेस्ला, निजी रकेट कम्पनी स्पेसएक्स र सोशल मिडिया प्लेटफर्म एक्सका मालिक एलोन मस्कको सम्पत्ति तीव्र गतिमा बढिरहेको छ।

    मस्कले जस्तो खालको व्यावसायिक सफलता पाएका छन् । यसलाई अधिकांशले सबैभन्दा प्रभावशाली र विवादास्पद भन्छन् । हाल उनको कुल सम्पत्ति औसत वार्षिक ११० प्रतिशतको दरले बढिरहेको छ ।

    विद्युतीय सवारी साधन बनाउने कम्पनी टेस्लाका हाकिम अहिले नै विश्वको सबैभन्दा धनी व्यक्ति हुन् । बलुम्बर्ग रियल टाइम बिलेनियर्स इन्डेक्सका अनुसार मस्कको नेटवर्थ २ खर्ब ५० अर्ब अमेरिकी डलर छ ।

    यसरी बढिरहेको उनको औसत बार्षिक सम्पत्ती विवरण अनुसार अर्बपति एलोन मस्कलाई विश्वको पहिलो ट्रिलियनियर अर्थात खर्बपति बन्ने विश्वास गरिएको छ ।

    मस्कको सम्पत्ति सन् २०२७ सम्ममा १० खर्ब डलरमा उक्लिने बाटोमा रहेको इन्फर्मा कनेक्ट एकेडेमीले भनेको छ । 

    मस्क सो हैसियतमा पुग्छन् कि पुग्दैनन् भन्ने कुरा चाँहि टेस्लाको सफलतामा निर्भर रहनेछ । टेस्लामा मस्कको करिब १३ प्रतिशत शेयर छ । अहिलेको बजार मूल्यका अनुसार यो भनेको ९३ अर्ब डलर हो ।  

    यसलाई हेर्दा उनी छिटै १० खर्ब डलरको मालिक बन्ने कुरालाई नकार्न सकिन्न । तर यसमा मस्कलाई कडा टक्कर दिनेहरू नभएको भने होइन ।

    अन्य को–को छ खर्बपतिको डौडमा ? 

    अमेरिकी कम्प्युटर चिप निर्माता कम्पनी एनभिडियाले जेन्सेन हुआङलाई सन् २०२८ मा १० खर्बपछि बनाउन सक्ने इन्फर्माले भनेको छ । 

    हुआङ एनभिडियाका सीईओ र सह–संस्थापक हुन् ।  बलुम्बर्ग रियल टाइम बिलेनियर्स इन्डेक्सका अनुसार उनको नेटवर्थ अहिले झन्डै १ खर्ब ४ अर्ब डलर छ । 

    विश्वको पहिलो ट्रिलियनियर पनि भारतबाट हुनसक्ने 

    भारतीय व्यापारी गौतम अदानी पनि सन् २०२८ सम्ममा यो हैसियतमा उक्लिने अनुमान गरिएको छ । तर, मुकेश अम्बानीलाई यो जादुई फिगरमा पुग्न अझै केही समय लाग्न सकिने भारतीय भिडियामा उल्लेख गरिएको छ  । 

    यस्तो अवस्थामा गौतम अडानीले आफ्नो व्यवसायलाई अलि छिटो विस्तार गरे भने उनी एलोन मस्कभन्दा अगाडि ट्रिलियनपति बन्न सक्ने भारतीय भिडिमा उल्लेख गरिएको छ । 

    सन् १९१६ मा विश्वले पाएको थियो पहिलो अर्बपति

    को बन्ला विश्वको पहिलो खरबपति ? सन् १९१६ मा विश्वले पहिलो अर्बपति पाएदेखि नै यो प्रश्न मानिसको मनमा उठिरहेको छ । उनी अमेरिकाका जोन डी. रकफेलर थिए, स्ट्यान्डर्ड आयलका संस्थापक र त्यस समयमा सबैभन्दा ठूलो शेयरधारक थिए। एलोन मस्क र गौतम अडानी एक वर्षभित्रै खरबपति बन्ने भएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार