images
images

दुई महिनामा करिब १३ अर्ब विदेशी लगानी प्रतिबद्धता, पर्यटनमा आकर्षण, अन्य कुन क्षेत्रमा कति ?

दुई महिनामा करिब १३ अर्ब विदेशी लगानी प्रतिबद्धता, पर्यटनमा आकर्षण, अन्य कुन क्षेत्रमा कति ?

उद्योग विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार दुई महिनामा १२ अर्ब ९८ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ। जुन गत आर्थिक वर्षको दुई महिनाको तुलनामा ११.२० प्रतिशतले कम हो ।

बिहिवार, असोज ३ २०८१
बिहिवार, असोज ३ २०८१
  • दुई महिनामा करिब १३ अर्ब विदेशी लगानी प्रतिबद्धता, पर्यटनमा आकर्षण, अन्य कुन क्षेत्रमा कति ?

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८१/८१ को पहिलो दुई महिनामा अर्थात साउन भदौँ महिनामा करिब १३ अर्ब रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । 

    images
    images

    उद्योग विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार दुई महिनामा १२ अर्ब ९८ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको हो । जुन गत आर्थिक वर्षको दुई महिनाको तुलनामा ११.२० प्रतिशतले कम हो । गत आर्थिक वर्ष साउन र भदौमा १४ अर्ब ६२ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । 

    साउनमा ९ अर्ब १५ करोड २५ लाख र भदौमा ३ अर्ब ८३ करोड २४ लाख रुपैयाँ प्रतिबद्धता आएको विभागले जनाएको छ । गत आर्थिक वर्षको साउनमा ११ अर्ब ९३ करोड र भदौमा २ अर्ब ६९ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । 

    कुन क्षेत्रमा कति आयो प्रतिबद्धता ? 

    दुइ महिनाको अवधीमा अधिकांश वैदेशिक लगानी प्रतिबता साना उद्योगमा आएको छ। साउन र भदौमा ठूलो लगानीमा २ वटा उद्योगमात्र दर्ता भएका छन् भने साना लगानीका ९५ वटा उद्योग दर्ता भएको विभागले जनाएको छ। मझौला उद्योग दर्ता भएका छैनन्।

    वैदेशिक लगानी प्रतिबद्धता पर्यटन क्षेत्रमा बढी केन्द्रित रहेको छ। साउन र भदौमा पर्यटन क्षेत्रका कुल ७१ वटा उद्योग दर्ता भएका छन्। यो कुल प्रतिबद्धताको ७३ प्रतिशत हिस्सा हो।

    दोस्रोमा सेवा क्षेत्र परेको छ। यस क्षेत्रमामा १५ उद्योग दर्ता भएका छन्। जुन कुल प्रतिबद्धताको १६ प्रतिशत हिस्सा हो। यसैगरी उत्पादनमा ६, सूचना प्रविधिमा ३ वटा र कृषिमा २ वटा उद्योग दर्ता भएका छन्।

    गत बर्ष ५४ अर्ब ८७ करोड विदेशी लगानी प्रतिबद्धता

    गत आर्थिक वर्षभर ५४ अर्ब ८७ करोड विदेशी लगानी प्रतिबद्धता आएको थियो भने ८ अर्ब ४६ करोड रुपैयाँ मात्रै भित्रिएको थियो । गत वैशाखमा तेस्रो लगानी सम्मेलनबाट उद्योग विभागले स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत विदेशी लगानी स्वीकृति हुने प्रणाली कार्यान्वयनमा ल्याएको थियो ।

    गत आर्थिक वर्ष नेपालमा खुद ५ अर्ब ९६ करोड १३ लाख रुपैयाँ मात्र एफडीआई भित्रिएको छ । कुल ७ अर्ब ७६ करोड ८६ लाख विदेशी लगानी भित्रिए पनि १ अर्ब ८० करोड ७३ लाख रुपैयाँ बराबर पुरानो लगानी बाहिरिएकाले खुद विदेशी लगानी ५ अर्ब ९६ करोड १३ लाख रुपैयाँ देखिएको छ । आर्थिक वर्ष ०७८र७९ मा २९५ वटा उद्योगमा ५४ अर्ब १५ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो ।

    उक्त वर्ष खुद प्रत्यक्ष विदेशी लगानी १८ अर्ब ५६ करोड ३ लाख रुपैयाँ भित्रिएको थियो । कुल १९ अर्ब २१ करोड ९० लाख भित्रिए पनि ६५ करोड ८७ लाख रुपैयाँ बराबर पुरानो लगानी बाहिरिएको थियो । त्यसैले खुद प्रत्यक्ष विदेशी लगानी १८ अर्ब ५६ करोड ३ लाख रुपैयाँ भित्रिएको हो । अघिल्लो आर्थिक वर्षदेखि नै प्रत्यक्ष विदेशी लगानी कम भित्रिन थालेपछि सरकारले लचिलो नीति लिएको छ  ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार