images
images

भारतीय सेयर बजारमा लगातार चौथो दिन अल टाइम हाई रेकर्ड

भारतीय सेयर बजारमा लगातार चौथो दिन अल टाइम हाई रेकर्ड

मंगलवार, असोज ८ २०८१
मंगलवार, असोज ८ २०८१
  • भारतीय सेयर बजारमा लगातार चौथो दिन अल टाइम हाई रेकर्ड

    भारतीय सेयर बजारले मंगलबार पनि नयाँ रेकर्ड बनाएको छ । यससँगै भारतको सेयर बजारले लगातार चौथो कारोबार दिन अल टाइम हाई रेकर्ड बनाएको हो । 

    images
    images
    images
    images

    आज कारोबारको क्रममा भारतको सेयर बजार मापक इन्डेक्स सेन्सेक्स बढेर ८५ हजार ५२ विन्दुमा र निफ्टी पनि २५ हजार ९५० विन्दुमा पुगेको छ ।  

    आज भारतको सेयर बजारमा मेटल र उर्जा कम्पनीहरुको सेयरमूल्यमा उछाल आएको छ । यस्तै आज आईटी, बैंकिङ जस्ता कम्पनीहरुको सेयरमूल्यमा गिरावट आएको छ । आज टाटा स्टिलको सेयर ३ प्रतिशतले उकालो लागेको छ ।  

    अघिल्लो दिन भारतको सेयर बजारले ८४ हजार ९८० विन्दु छुदै हालसम्मकै उच्च रेकर्ड कायम राखेको थियो । सेन्सेक्सको क्लोजिङ हाई भने ८४ हजार ९२८ विन्दु रहेको छ ।  

    यस्तै निफ्टी पनि अघिल्लो दिन २५ हजार ९५६ विन्दुमा पुगेको थियो । भारतको सेयर बजार २१ सेप्टेम्बरदेखि निरन्तर उकालो लागिरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार