images
images

होटल–रेस्टुरेन्टमा वाणिज्यको अनुगमन र निर्देशनप्रति होटल व्यवसायीको आपत्ति

होटल–रेस्टुरेन्टमा वाणिज्यको अनुगमन र निर्देशनप्रति होटल व्यवसायीको आपत्ति

बिहिवार, असोज १० २०८१
बिहिवार, असोज १० २०८१
  • होटल–रेस्टुरेन्टमा वाणिज्यको अनुगमन र निर्देशनप्रति होटल व्यवसायीको आपत्ति
    images
    images

    काठमाडौँ / चाडबाड नजिकिएसँगै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन बढाएको छ। सरकारी अनुगमन र कारबाही तीव्र पारिएको प्रति होटल तथा रेस्टुरेन्ट व्यवसायीले भने आपत्ति जनाएका छन् ।

    खासगरी विभागले होटल तथा रेस्टुरेन्टमा खाद्य तथा पेय पदार्थ अधिकतम खुद्रा मूल्य (एमआरपी)मा तोकिएको मूल्यमै बिक्री गर्नुपर्ने भनी विभागबाट आएको निर्देशन र चेतावनीप्रति व्यवसायीहरूले आपत्ति जनाएका हुन् ।

    बुधबार संयुक्त विज्ञप्ति निकाल्दै होटल एसोसिएसन नेपाल (हान) र रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान)ले विभागद्वारा गत सोमबार जारी गरिएको विज्ञप्तिबाट व्यवसायी आतंकित भएको बताएका छन् ।

    सोही दिन विभागले काठमाडौँको एक रेस्टुरेन्टले एमआरपी भन्दा तेब्बर मूल्य राखी पानी बिक्री गरेको कसुरमा ३ लाख जरिवाना तिराएको थियो ।

    साथै, तोकिएको मूल्यमा बिक्री नगरे थप कारबाही गर्न सबै रेस्टुरेन्ट तथा होटल व्यवसायीलाई चेतावनी दिएको थियो ।

    व्यवसायीले भने होटल तथा रेस्टुरेन्ट व्यवसायमा भाडा, बिजुली, पानी, स्वास्थ्य सुरक्षा, कर्मचारी लगायत ठूला ब्रान्डका अन्तर्राष्ट्रिय चलन र सरकारले तोकेको स्तर अनुसार मापदण्ड पूरा गर्दा सञ्चालन खर्च धेरै उठ्ने भएकाले एमआरपीमा वस्तु बिक्री गर्न नसकिने बताएका छन् ।

    होटल रेस्टुरेन्टले सबैले देख्ने र बुझ्न सक्ने गरी मूल्य सूची राखेर ग्राहकलाई दिने र ग्राहक रुचि अनुसार नै सेवा दिने भन्दै यसले उपभोक्ता संरक्षण ऐनका कुनै पनि दफा उल्लङ्घन नहुने हानका महासचिव साजन शाक्यले दाबी गरेका छन् ।

    उनले सरकारी अनुगमन र कारबाही वर्षभरी हुनुपर्नेमा चाडबाडमा मात्र लक्षित हुने गरेकोतर्फ पनि व्यवसायीको ध्यानाकर्षण भएको बताएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार