images
images

एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीमा सहभागि हुने टोली निर्धारण

एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीमा सहभागि हुने टोली निर्धारण

बिहिवार, असोज १० २०८१
बिहिवार, असोज १० २०८१
  • एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीमा सहभागि हुने टोली निर्धारण

    एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा दशरथ रंगशालामा आयोजना हुने एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीमा सहभागी हुने १७ राष्ट्रको घोषणा भएको छ ।

    सहभागी राष्ट्रमा पुरुषतर्फ १४ र महिलातर्फ ८ टोली रहने छन् । प्रतियोगिताका लागि ४ सय ५० भन्दा धेरै खेलाडी र अफिसियल नेपाल आउने भएका छन् । 

    प्रतियोगितामा नेपालसहित फिलिपिन्स, बहराईन, काजाकिस्तान, अफगानिस्तान, उज्बेकिस्तान, पाकिस्तान, भारत, कतार, साउदी अरबिया, जोर्डन, बङ्गलादेश, चाईनिज ताईपेइ, श्रीलंका, गुआम, इन्डोनेसिया र इरान रहेका छन्।

    पुरुषतर्फ फिलिपिन्स, बहराईन, काजाकिस्तान, अफगानिस्तान, उज्बेकिस्तान, पाकिस्तान, भारत, कतार, नेपाल, साउदी अरबिया, जोर्डन, बङ्गलादेश, चाईनिज ताईपेइ र श्रीलंकाको सहभागिता रहने छ। 

    महिला तर्फ नेपाल, फिलिपिन्स, भारत, गुआम, श्रीलंका, इरान, उज्बेकिस्तान र इन्डोनेसिया बिच प्रतिस्पर्धा हुनेछ। नेपालमा हुने एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीलाई इमिरेट्सले मुख्य प्रायोजन गरेको छ । 

    एसियाली रग्बीको यस वर्षको सबैभन्दा ठूलो यस प्रतियोगितासँग इमिरेट्सले मूख्य प्रायोजकमा सम्झौता गरेको हो । नेपालमा पहिलो पटक सिनियरतर्फ रग्बीको राष्ट्रिय टोलीको प्रतिस्पर्धा हुन लागेको हो । 

    प्रतियोगिता लिग कम नकआउट प्रणालीमा खेलाइने छ।

    यसअघि सन् २०२२ मा अन्डर १८  र सन् २०२३ मा अन्डर २० रग्बी दशरथ र‌ंगशालामा नै आयोजना गरिएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार