images
images

वीरगन्जबाट पाँच अर्ब २६ करोड रुपैयाँ बराबरको सामान निर्यात, कतिको भयो आयात ?

वीरगन्जबाट पाँच अर्ब २६ करोड रुपैयाँ बराबरको सामान निर्यात, कतिको भयो आयात ?

बिहिवार, असोज १० २०८१
बिहिवार, असोज १० २०८१
  • वीरगन्जबाट पाँच अर्ब २६ करोड रुपैयाँ बराबरको सामान निर्यात, कतिको भयो आयात ?

    वीरगन्ज (पर्सा) / वीरगन्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा पाँच अर्ब २६ करोड ३७ लाख १० हजार रुपैयाँ बराबरको सामान निर्यात भएको छ ।

    images
    images
    images
    images

    गत आर्थिक वर्षको सोही अवधिमा पाँच अर्ब २९ करोड ३८ लाख २४ हजार रुपैयाँ मूल्य बराबरको सामान निर्यात भएको थियो ।

    वीरगन्ज भन्सार कार्यालयका प्रमुख प्रशासक दीपक लामिछानले ४९ करोड ५९ लाख २८ हजार मूल्यपर्ने ६९ लाख ५३ हजार रुपैयाँ किलोग्राम पिना निर्यात भएको जानकारी दिए । विगतको तुलनामा पिनाको निर्यातमा वृद्धि भएको छ ।

    चालु आवको भदौ मसान्तसम्मको ३३ करोड ३९ लाख सात हजार मूल्य पर्ने १४ लाख ५६ हजार आठ सय चार किलोग्राम सिन्थेटिक यार्न निर्यात भएको छ ।

    त्यसैगरी, गत आवको सोही अवधिमा २० करोड ३६ लाख ६८ हजार रुपैयाँ मूल्य पर्ने आठ लाख ३८ हजार एक सय ४० किलोग्राम सिन्थेटिक यार्न निर्यात भएको थियो । 

    चालु आवको भदौसम्म १२ करोड ९३ लाख २८ हजार मूल्य पर्ने १७ लाख नौ हजार एक सय ६० किलोग्राम ‘एमएस स्टिल स्ट्रिप’ निर्यात भएको छ ।

    चालु आवको भदौ मसान्तसम्मको अवधिमा ११ करोड ८२ लाख ९९ हजार रुपैयाँ मूल्य पर्ने ५४ हजार एक सय ८२ वर्गमिटर उनी गलैँचा निर्यात भएको छ ।

    गत आवको तुलनामा चालु आवको सोही अवधिमा उनी गलैँचा कार्पेटको निर्यातमा २० दशमलव ४३ प्रतिशतले गिरावट आएको छ ।

    चालु आवको भदौ मसान्तसम्म एक अर्ब २९ करोड तीन लाख ७९ हजार मूल्य पर्ने एक करोड ३६ लाख ४५ हजार आठ सय लिटर जुस जाम निर्यात भएको छ । 

    गत आवको भदौ मसान्तको तुलनामा चालु आवको सोही अवधिमा जुस जामको निर्यात भने पाँच दशमलव ११ प्रतिशतले बढेको छ । 

    चालु आवको भदौ मसान्तसम्मको अवधिमा ११ करोड ७९ लाख ८४ हजार रुपैयाँ मूल्य पर्ने ६७ हजार तीन सय ८० किलोग्राम कुकुर वा बिरालोको खाना निर्यात भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार