images
images

दुई महिनामा नै १ लाख ६ हजार किलो प्याज आयात, बाहिरियो करिब ३ करोड

दुई महिनामा नै १ लाख ६ हजार किलो प्याज आयात, बाहिरियो करिब ३ करोड

बिहिवार, असोज १० २०८१
बिहिवार, असोज १० २०८१
  • दुई महिनामा नै १ लाख ६ हजार किलो प्याज आयात, बाहिरियो करिब ३ करोड

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८१/८१ को दसई महिनामा करिब ३ करोड रुपैयाँ बराबरको प्याज नेपाल भित्रिएको छ । 

    images
    images
    images
    images

    भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक बर्षको साउन र भदौ महिनाको तथ्याङ्क अनुसार दुई महिनाको अवधीमा मात्रै २ करोड ९९ लाख ५६ हजार रूपैयाँको प्याज आयात गरिएको हो । 

    गत आर्थिक वर्ष २०८०/८१ को दुई महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा २८७.४३ प्रतिशतले बढी प्याज आयात भएको विभागको तथ्याङ्क छ । 

    विभागका अनुसार दुई महिनामा १ लाख ६ हजार ४३३ किलो प्याज आयात गरिएको हो । गत आर्थिक वर्ष साउन र भदौमा ७७ लाख ३२ हजार रूपैयाँ बराबरको ५० हजार ५२७ किलो प्याज आयात गरेको थियो ।

    नेपालमा चीन र भारतबाट सुकेको प्याज आयात हुने गरेको विभागको तथ्यांक छ । भारतबाट १ करोड ५१ लाख २६ हजार र चीनबाट १ करोड ४८ लाख ३० हजार रूपैयाँको प्याज आयात गरिएको छ ।

    गत आर्थिक वर्षभर ९ करोड रूपैयाँको ५ लाख ९३ हजार ५७६ किलो प्याज आयात भएको थियो । सबैभन्दा बढी भारतबाट ५ करोड ५८ लाख ७२ हजार रूपैयाँको र चीनबाट ३ करोठ ४१ लाख ४८ हजार रूपैयाँको प्याज आयात गरिएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार