images
images

लघु जीवन बीमा कम्पनीले दुई महिनामा आर्जन गरे करिब ७ करोड बीमाशुल्क, कुन कम्पनीले कति ?

लघु जीवन बीमा कम्पनीले दुई महिनामा आर्जन गरे करिब ७ करोड बीमाशुल्क, कुन कम्पनीले कति ?

शुक्रवार, असोज ११ २०८१
शुक्रवार, असोज ११ २०८१
  • लघु जीवन बीमा कम्पनीले दुई महिनामा आर्जन गरे करिब ७ करोड बीमाशुल्क, कुन कम्पनीले कति ?

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/८२ को दोस्रो महिना भदौसम्म लघु जीवन बीमा कम्पनीहरूले करिब ७ करोड रुपैयाँ बढीको व्यापार गरेका छन्। 

    images
    images
    images
    images

    नेपाल बीमा प्राकिरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार भदौसम्म हाल सञ्चालनमा रहेका तीनवटा लघु जीवन बीमा कम्पनीहरूले ६ करोड ९६ लाख ४२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। यो समयमा यी कम्पनीहरूले ३ लाख ७१ हजार ९६७ वटा बीमालेख जारी गरेका छन् । 

    सबैभन्दा बढी व्यापार गर्नेमा गार्डिन माइक्रो लाइफ

    भदौसम्म सबैभन्दा बढी व्यापार गर्नेमा गार्डिन माइक्रो लाइफ रहेको छ। यो कम्पनीले २ लाख ७३ हजार ४५६ वटा बीमालेख जारी गरेर ३ करोड ३३ लाख ४३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

    अन्य कुन कम्पनीको कति ? 

    यस्तै, भदौसम्म क्रेष्ट माइक्रो लाइफले ७१ हजार ५११ वटा बीमालेख जारी गरेर २ करोड ६३ लाख ९८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

    लिबर्टी माइक्रो लाइफले भने भदौसम्म २७ हजार वटा बीमालेख जारी गरेर ९९ लाख १ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार