images
images

जापानमा चुलियो चामलको अभाव, सुपरमार्केट खालीः सरकारले भन्यो– अर्को महिनासम्ममा स्थिति सुधार हुन्छ

जापानमा चुलियो चामलको अभाव, सुपरमार्केट खालीः सरकारले भन्यो– अर्को महिनासम्ममा स्थिति सुधार हुन्छ

शुक्रवार, असोज ११ २०८१
शुक्रवार, असोज ११ २०८१
  • जापानमा चुलियो चामलको अभाव, सुपरमार्केट खालीः सरकारले भन्यो– अर्को महिनासम्ममा स्थिति सुधार हुन्छ

    चामल जापानको मुख्य खाद्य वस्तु हो । सुशीदेखि ओनिगिरी र याकितोरी डोनसम्म कयौँ परिकारमा चामलकै प्रयोग हुन्छ । तर अहिले जापानले दशकौँयताकै उच्च चामल अभावको सामना गरिरहेको छ । 

    images
    images
    images
    images

    पछिल्ला केही हप्तादेखि, जापानका धेरै सुपरमार्केटहरूमा चामल सकिएको छ। सन् १९९९ को जुनपछि जापानमा चामलको अभाव भएको यो पहिलो पटक हो । 

    जापान टाइम्सका अनुसार चामल पाइने सुपरमार्केटहरूमा मानिसहरूलाई कम मात्रामा चामल किन्न आग्रह गरिएको छ। वास्तवमा जापान सरकारले भूकम्प र आँधीको खतराबारे चेतावनी दिएको थियो । 

    त्यसयता मानिसहरु त्रासमा चामल किनेर घरमै थुपार्न थालेकाले बजारमा चामलको अभाव हुन थालेको छ ।जापानमा मे देखि नोभेम्बरसम्मको महिनालाई टाइफुन सिजन भनिन्छ। यस अवधिमा लगभग २० आँधीहरू आउँछन्। 

    जसले गर्दा भारी वर्षा, पहिरो र बाढी आउने गर्दछ । आँधीको मौसममा पनि अगस्ट–सेप्टेम्बर महिनामा सबैभन्दा धेरै आँधी आउँछ। यो वर्ष १९ देखि २१ वटा हावाहुरी आउने सम्भावना छ । जापान सरकारले यी आँधीहरूबारे चेतावनी दिएको थियो, त्यसपछि मानिसहरू आतंकित भएका छन् र आफ्नो घरमा चामल भण्डारण गरिरहेका छन्।

    सेप्टेम्बरमा नयाँ बाली आएपछि स्थितिमा सुधार आउन सक्ने भन्दै जापान सरकारले मंगलबार जनतालाई शान्त रहन आग्रह गरेको छ । कृषिमन्त्री तेतासी साकामोतोले देशका कतिपय ठाउँमा चामल मौज्दातको अभाव रहेको भए पनि छिट्टै त्यसलाई पार गर्ने बताउनुभयो । अहिले धानको पर्याप्त स्टक छ ।

    धानको बाली वर्षमा एकपटक मात्रै लगाइन्छ । सेप्टेम्बरमा नयाँ धान काट्ने काम सुरु हुनेछ, त्यसपछि बजारमा नयाँ बाली आएसँगै स्थितिमा सुधार आउनेछ ।

    लामो बिदा र कीर्तिमानी विदेशी पर्यटकको ओबोन पर्व यही भदौ १३ गतेदेखि सुरु भएकाले चामलको अभाव भएको हो । ओबोन पर्वको समयमा, मानिसहरूले आफ्ना पुर्खाहरूलाई श्रद्धांजलि अर्पण गर्छन्। उनको सम्झनामा पर्व मनाइन्छ । यो पर्वका कारण मानिसहरु लामो बिदामा छन् । जसका कारण चामलको माग बढेको छ ।

    योसँगै यो वर्ष जापानमा कीर्तिमानी संख्यामा विदेशी पर्यटक आएका छन् । जसका कारण पनि धानको अभाव भएको छ । जापान राष्ट्रिय पर्यटन संगठनको प्रतिवेदनअनुसार यस वर्षको जुनसम्ममा ३१ लाखभन्दा बढी विदेशी पर्यटक जापान आएका छन् ।

    अमेरिकी कृषि विभागको विदेशी कृषि सेवाको प्रतिवेदनअनुसार २०२३/२४ मा जापानमा कुल धान उत्पादन ७३ लाख टन थियो भने चामलको खपत ८१ लाख टन थियो ।

    चामलको अभाव र बढ्दो मूल्यका कारण सन् १९१८ को जुलाईमा जापानमा आन्दोलन भएको थियो । जसका कारण किसान र आम जनताले सरकार विरुद्ध आन्दोलन गर्न थालेका छन् । 

    यो शान्तिपूर्ण आन्दोलनले चाँडै हिंसात्मक रूप लियो र धेरै ठाउँमा आगजनी, लुटपाट, प्रहरी चौकी र सरकारी कार्यालयमा आक्रमण भयो।यही आन्दोलनका कारण पूर्वप्रधानमन्त्री तराउची मसाताकेले पदबाट राजीनामा दिनुपरेको थियो । यस अवधिमा करिब २५ हजार व्यक्ति पक्राउ परेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार