images
images

मनपरी भाडा असुलेको भन्दै आलोचना भएपछि हच्किए विमान कम्पनीहरू, तीन दिनसम्म महँगो टिकट नबेच्ने

मनपरी भाडा असुलेको भन्दै आलोचना भएपछि हच्किए विमान कम्पनीहरू, तीन दिनसम्म महँगो टिकट नबेच्ने

आइतवार, असोज १३ २०८१
आइतवार, असोज १३ २०८१
  • मनपरी भाडा असुलेको भन्दै आलोचना भएपछि हच्किए विमान कम्पनीहरू, तीन दिनसम्म महँगो टिकट नबेच्ने
    images
    images

    काठमाडौँ / विपद्को मौका छोपेर मनपरी भाडा असुलेको भन्दै चौतर्फी आलोचना खेपेपछि विमान कम्पनीहरू हच्किएका छन् । नागरिकहरूले विपत्तिको सामना गर्नु परेको यो समयमा यात्रुहरूसँग अधिकतम् शुल्कमा टिकट बेचेपछि विमान कम्पनीहरूको चौतर्फी आलोचना भएको थियो । 

    विपदको बेला निजी वायुसेवा कम्पनीले मनपरी भाडा असुलेको भन्दै सरकार र नियामक निकायको कामकारवाहीप्रति टिकाटिप्पणी हुन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले समेत विपद्को समयमा सामान्य अवस्थाको भन्दा कम भाडा लिन निर्देशन आग्रह गरेका थिए । 

    संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले तत्काल हवाई भाडा घटाउन सरकारलाई निर्देशन दिएको थियो। यसलगत्तै बसेको वायुसेवा सञ्चालक सङ्घको बैठकले आगामी तीन दिनसम्म अधिकतम मूल्यमा हवाई टिकट बिक्री नगर्ने निर्णय गरेको छ । 

    सङ्घका अध्यक्ष मनोज कार्कीले सोमबार, मङ्गलबार र बुधबारसम्म यात्रुलाई टिकट बिक्री गर्दा अधिकतम मूल्य नलिने निर्णय भएको जानकारी दिए। उनले यसका लागि सरकारसँग पनि इन्धन, विमानस्थल शुल्क, ल्याण्डिङ र पार्किङलगायतको शुल्कमा छुट गर्न आग्रह गरिएको बताए । 

    यसो भएको अवस्थामा हवाई भाडादर अझै घटाएर यात्रुलाई सहुलियत दिन सकिने उनको भनाइ छ ।

    हवाई भाडादर बढी लिएको चर्को आलोचना भएपनि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पनि  विपदको अवस्थामा यात्रुसँग बढी भाडा नलिन विमान कम्पनीहरुलाई आग्रह गरेको जनाएको छ । 

    हाल काठमाडौँ आउने मुख्य सडकमार्ग बाढी तथा पहिरोका कारण अवरुद्ध छन् । यस्तो अवस्थामा यातायातको एकमात्र विकल्प भएको हवाई उडानको भाडादर अस्वभाविक रूपमा बढाइएको भन्दै नागरिकस्तरबाट आलोचना भएको हो ।

    बिहीबारदेखि लगातार झरी परेपछि धेरै जिल्लाहरूको काठमाडौँसँग सम्पर्क विच्छेद भएको छ। यस्तो समयमा गन्तव्यमा पुग्न नागरिकहरू महँगो शुल्क तिरेर भए पनि हवाई मार्ग प्रयोग गर्न बाध्य छन् ।  

    notice.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार