images
images

एनपिएल पछि खेलकुदमन्त्री– नगरपालिकाभन्दा बजेट कम छ के गर्नु, भाषण मात्रैले हुँदैन क्रिकेटको विकास  - क्यान अध्यक्ष

एनपिएल पछि खेलकुदमन्त्री– नगरपालिकाभन्दा बजेट कम छ के गर्नु, भाषण मात्रैले हुँदैन क्रिकेटको विकास  - क्यान अध्यक्ष

सोमवार, पुस ८ २०८१
सोमवार, पुस ८ २०८१
  • एनपिएल पछि खेलकुदमन्त्री– नगरपालिकाभन्दा बजेट कम छ के गर्नु, भाषण मात्रैले हुँदैन क्रिकेटको विकास  - क्यान अध्यक्ष
    images
    images

    काठमाडौं/ युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेल क्षेत्रको विकासका लागि सबैभन्दा ठूलो चुनौति भौतिक पूर्वाधार रहेको बताएका छन् । 


    नेपाल प्रिमियर लिग (एनपीएल) पछि उनले  खेलकुद र खेलाडीको बृत्ति विकासका लागि भौतिकपूर्वाधारको अभाव रहेको बताएका हुन् । 


    साथै,  युवा तथा खेलकुद मन्त्रालयको बजेट नगरपालिकाको भन्दापनि कम हुँदा काम गर्न नसकिएको उनले गुनासो पोखे । 
    ‘सबैभन्दा ठूलो चुनौतिको रुपमा अहिले हामीसँग भौतिक पूर्वाधारको अभाव छ । खेलकुदमा हामीले सोचेअनुसारको बजेट छैन । सबैभन्दा कम बजेट खेलकुद मन्त्रालयमा छ । कूल बजेट ३ अर्ब ५० करोड रुपैयाँ छ । एउटा नगरपालिका, महानगरपालिकाको बजेट २६÷२७ अर्ब हुन्छ,’– उनले भने । 
    मन्त्री चौधरीले मूलपानी, विराटनगर क्रिकेट रङ्गशाला, कीर्तिपुर रङ्गशालामा गरी कूल १२ अर्बभन्दा बढीको लागत लाग्ने उनले बताए । त्यस्तै, सातै प्रदेशमा तत्काल क्रिकेट रङ्गशालाको खाँचो देखिएको पनि उनले बताए ।

     ‘साँच्चै भन्ने हो भने क्रिकेटको ३ वटा राष्ट्रिय गौरवको योजना छ । ३ वटाको बजेट मोटामोटी १२ अर्ब रुपैयाँ पेश भएको छ,’– उनले भने । 


    सरकारले खेलाडीहरुको बृत्तिविकास, मनोबल उच्च बनाउन र खेलाडीहरुको आर्थिक आर्जनका लागि नीतिगत निर्णय गर्ने उनको भनाइ छ । 

    आफू नेतृत्वमा आएको ५ महिनामा पनि नीतिगत क्षेत्रमा धेरै काम भएको र व्यवस्थापनको कोशिस भइरहेको पनि उनले बताए । 

    बैंकर्श संघ, आयल निगम, विद्युत प्राधिकरणलगायतका संस्थाहरुसँग खेलाडीको वृत्तिविकास र रोजगारीका लागि छलफल भइरहेको उनले बताए । 

    साथै, उनले काठमाडौंभित्रै आफूहरुले फुटबलको लागि रङ्गशाला खोजिरहेको पनि उनले बताए । उनले खेल क्षेत्रमा नेपालले सोचेअनुरुपको भौतिक पूर्वाधार बनाउन नसकेको बताए ।

     
    मन्त्री चौधरीले कीर्तिपुर रङ्गशाला निर्माणका लागि टेण्डर आह्वान भइसकेको र स्रोतसमेत सुनिश्चित भएको जानकारी गराए । दोस्रो एनपीएले यो भन्दापनि भव्य र उत्कृष्ट हुनेगरी आफूहरु लागिपर्ने पनि उनले  प्रतिवद्धता व्यक्त गरे । 

    खेलकुदमन्त्री चौधरीलाई अगाडि राखेर क्यानका अध्यक्ष चन्दले भने, ‘ताली बजाएर र भाषण गरेरमात्रै क्रिकेटको विकास हुँदैन’ 

    नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले भौतिक संरचनाको अभावमा सोचेअनुरुप खेल र खेलाडीको विकास हुन नसकेको बताएका छन् । 

    उनले क्रिकेटका लागि टीयू मैदानको पूर्वाधारले मात्रै नधान्ने र अन्य पूर्वाधारको विकार कछुवाको गतिमा भइरहेको बताए । उनले मुलपानी,  गौतमबुद्धलगायतका राष्ट्रिय गौरवको आयोजनाको काम कछुवाको गतिमा भइरहेको उनको भनाइ छ । 

    ‘सुरुवाती चर्चाजस्तै पूर्वाधार, टियू मैदानको पूर्वाधारले पुगेन । मुलपानी कछुवाको गतिमा भयो, गौतमबुद्ध भएन । सुदूरपश्चिम र मधेशमा त गतिलो चौर पनि छैन,’– उनले भने । 


    नेपाल प्रिमियर लिग (एनपीएल) को व्यवस्थापकको रुपमा क्यान सफल भएको उनको दाबी छ । क्रिकेटको विकासमा नेपाल सरकार र सम्बन्धित निकायको योगदान एकदमै काम रहेको उनले बताए । क्रिकेट र खेलाडीको विकासका लागि बजेट व्यवस्थापन गरिदिन उनले खेलकुदमन्त्री तेजुलाल चौधरीको ध्यानाकार्षण गराए । 


    ‘क्रिकेटको विकासमा नेपालल सरकारको योगदान, क्रिकेट गतिविधि विस्तारका लागि छैन । युवा तथा खेलकुद मन्त्रालय, खेलकुद परिषद या कुनै निकायले पनि क्रिकेटको विकासको लागि भनेर बजेट छुट्याएको अवस्था छैन । त्यसतर्फ पनि सोच्नुपर्ने हो कि ?’ अध्यक्ष चन्दले भने । 


    साथै, खेलाडीहरुको बृतिविकासको कुरामा पनि नीति नबनेको उनले दुःखेसो पोखे । २०÷२५ वर्ष देशको लागि खेलिसकेपछि खेलाडीले के गर्ने भनेर अझैं अन्यौलतामा रहेको उनको भनाइ छ । सो अन्तर्क्रिया कार्यक्रममा सहभागी रहेका खेलकुदमन्त्री चौधरीलक्षित गर्दै उनले ताली बजाएर र भाषण गरेरमात्रै क्रिकेटको विकास हुने बताए । 


    ‘ताली बजाएर क्रिकेटको धेरै विकास होलाजस्तो लाग्दैन । भाषण गरेरमात्रै विकास होलाजस्तो लाग्दैन । अब यसलाई नीतिगत निर्णय गरेर कामका माध्यमबाट पूर्वाधारहरु बनाएर र खेलाडीहरुलाई हौसला प्रदान गर्ने नीति ल्याएर प्रतियोगिता र तयारीहरुको लागि पनि सरकारले बजेटको व्यवस्था गर्यो भनेर नेपाल पनि भविष्यमा विश्वकपमा पर्छ,’– उनले भने । 


    साथै, एउटा प्रदेशमा न्यूनतम् एउटा रङ्गशाला अहिलेको आवश्यकता रहेको पनि उनले बताए । क्रिकेटले देशको अर्थतन्त्रमा प्रत्यक्ष/ अप्रत्यक्ष सहयोग पुयाइरहेको उनको दाबी छ । 
     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार