images
images

के.एल. दुगड समूहका अध्यक्ष किशनलाल दुगड ‘जैन समाज रत्न’ उपाधिबाट सम्मानित

के.एल. दुगड समूहका अध्यक्ष किशनलाल दुगड ‘जैन समाज रत्न’ उपाधिबाट सम्मानित

मंगलवार, असोज १५ २०८१
मंगलवार, असोज १५ २०८१
  • के.एल. दुगड समूहका अध्यक्ष किशनलाल दुगड ‘जैन समाज रत्न’ उपाधिबाट सम्मानित

    काठमाडौँ / के.एल.दुगड समूहका अध्यक्ष तथा समाजसेवी किशनलाल दुगड जैन समाज रत्न’ उपाधिबाट सम्मानित भएका छन् । 

    भारत जैन महामण्डलले भारतको मुम्बईमा २२ सेप्टेम्बर २०२४ मा आयोजित विशेष समारोहमा दुगड उक्त उपाधिबाट सम्मानित भएका हुन् । 

    उत्त सम्मान भारतको लोकसभाका ओम बिरलाले प्रदान गरेका हुन् । यस किसिमको सम्मान प्राप्त गर्ने दुगड पहिलो र एक मात्र नेपाली व्यक्तित्व हुन् । 

    कार्यक्रममा सभामुख, प्रधानन्यायाधीश धनन्जय चन्द्रचुडलगायत विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । 

    जैन समाज रत्न पुरस्कार समाजको उत्थान, विशेष गरी जैन समुदाय भित्र सामाजिक सेवाको क्षेत्रमा आफ्नो जीवन समर्पित गर्ने व्यक्तिहरूलाई दिइन्छ । 
    सन् १८९९ मा स्थापना भएको भारत जैन महामण्डलले जैन समुदायलाई सामाजिक सेवाका लागि एकजुट गर्ने लक्ष्य राखेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार