images
images

पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्सपो सम्पन्न, कला, संस्कृति स्थानीय गरगहनासहित कलाकृतिहरूको प्रदर्शनी

पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्सपो सम्पन्न, कला, संस्कृति स्थानीय गरगहनासहित कलाकृतिहरूको प्रदर्शनी

मंगलवार, असोज १५ २०८१
मंगलवार, असोज १५ २०८१
  • पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्सपो सम्पन्न, कला, संस्कृति स्थानीय गरगहनासहित कलाकृतिहरूको प्रदर्शनी
    images
    images

    काठमाडौँ / पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्सपो, २०२४ सम्पन्न भएको छ । पाटन दरबार परिसरमा आयोजित भव्य समारोहबीच आयोजित समारोह हिजो (सोमबार) सम्पन्न भएको हो ।

    ललितपुर रत्न तथा आभुषण संघ र रोटरी क्लब अफ पाटन हेरिटेजको संयुक्त आयोजनामा भएको एक्सपोमा अवलोकनकर्ताहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ । 

    एक्सपोमा साँस्कृतिक, व्यापारिक, स्थानीय परिकार तथा पर्यटन प्रवद्र्धनात्मक गरी २५ वटा स्टलहरू थिए । 

    उक्त स्टलहरूको माध्यमबाट स्थानीय उद्योग व्यवसाय लगायत नेपालमा पाइने खनिजसहित कला, संस्कृति, स्थानीय गरगहना तथा कलाकृतिहरू प्रदर्शन गरिएको क्लबका अध्यक्ष सज्जु व्यञ्जनकारले जानकारी दिए । 

    palan expo.JPG

    ‘समृद्धिका लागि सम्पदा संरक्षण’भन्ने मूल नाराका साथ आयोजित सो कार्यक्रमबाट धार्मिक, आध्यात्मिक, साँस्कृतिक तथा पुरातात्विक महत्त्व बोकेको ललितपुरको पाटन दरबार क्षेत्रको प्रचार प्रसार हुने अपेक्षा गरिएको छ । 

    साथै,उक्त क्षेत्रको विशिष्ट पहिचान बोकेका गरगहना तथा प्राचिन पहिरनहरूको पुनरावृत भई आर्थिक गतिविधि समेत बढ्ने विश्वास रहेको आयोजकले जनाएको छ । 

    विश्व पर्यटन दिवसको अवसरमा आयोजित एक्सपोको गत शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका थिए । 

    ramp patan.JPG

    उक्त एक्सपोको समापन समारोहमा -याम्प वाल्कको प्रस्तुति रहेको थियो भने कार्यक्रममा परम्परागत चर्या तथा अन्य नृत्य समेत प्रस्तुत गरिएको थियो ।

    रोटरी क्लब अफ काठमाडौँ हेरिटेज, रोट्रयाक्ट क्लब अफ पाटन हेरिटेज, रोटरी क्लब अफ ललितपुर, रोटरी क्लब अफ यल पाटन र रोटरी क्लब अफ भरतपुरको सहयोगमा सो कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार