images
images

इरानले इजरायलमा गरेको मिसाइल आक्रमण कति ठुलो थियो ? हेर्नुस् तस्बिरहरू

इरानले इजरायलमा गरेको मिसाइल आक्रमण कति ठुलो थियो ? हेर्नुस् तस्बिरहरू

बुधवार, असोज १६ २०८१
बुधवार, असोज १६ २०८१
  • इरानले इजरायलमा गरेको मिसाइल आक्रमण कति ठुलो थियो ? हेर्नुस् तस्बिरहरू
    images
    images

    इरानले पहिलोपटक हाइपरसोनिक मिसाइलसहित इजरायलमा २०० वटा क्षेप्यास्त्र प्रहार गरेको इरानी सरकारी टिभीले बुधबार जनाएको छ ।

    त्यसैगरी इजरायलले तेहरानले उक्त आक्रमणको मुल्य चुकाउनपर्ने चेतावनी दिएको छ ।

    इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले तेल अवीव र यस क्षेत्र वरपरका “तीनवटा सैन्य आधार“लाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको इरानी मिडियाले पुष्टि गरेको छ । 

    इजरायली सेनाले इरानले आफ्नो क्षेत्रमा करिब १८० वटा क्षेप्यास्त्र प्रहार गरेको जसमध्ये अधिकांशलाई रोकिएको बताएको छ । 

    3.webp

    सन् २०२३ को जुनमा इरानले एक मध्यवर्ती दूरीको ब्यालेस्टिक मिसाइलको अनावरण गरेको थियो, जुन ध्वनिको गतिभन्दा १५ गुणा हाइपरसोनिक गतिमा यात्रा गर्न सक्षम छ । 

    तत्कालीन राष्ट्रपति इब्राहिम रायसीले उक्त हतियारले इरानको प्रतिरोधको शक्ति बढाउने बताउनुभएको थियो । 

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले गरेको क्षेप्यास्त्र आक्रमण “ठुलो गल्ती” भएको बताउनुभएको छ । 

     रिभोलुसनरी गार्ड्सले मिसाइल हमलालाई जुलाईमा हमास नेता इस्माइल हनियाह, साथै हिजबुल्लाह नेता हसन नसरल्लाहको शुक्रबार गरिएको हत्याको बदला भएको बताएको छ ।

    1.webp

    किन गर्‍यो आक्रमण ?

    इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले एक विज्ञप्तिमा आईआरजीसीका एक शीर्ष कमाण्डर र इरान समर्थित मिलिसिया समूहका नेताहरूको हत्याको जवाफमा आक्रमणहरू गरिएको बताएको छ।

    विज्ञप्तिमा हिजबुल्लाह प्रमुख हसन नसरल्लाह र आईआरजीसी कमाण्डर अब्बास निलफोरोशनको बेरुतमा मृत्यु भएको उल्लेख गरिएको छ।

    विज्ञप्तिमा जुलाई महिनामा तेहरानमा हमासको राजनीतिक शाखाका प्रमुख इस्माइल हानियाको मृत्यु भएको पनि उल्लेख छ। इजरायलले हानियाको मृत्युको जिम्मेवारी लिएको छैन, तर यसको पछाडि इजरायलको हात रहेको विश्वास गरिन्छ।

    4.webp

    एक वरिष्ठ इरानी अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई देशका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले व्यक्तिगत रूपमा आक्रमणको आदेश दिएको बताए ।

    वास्तवमा, इरानले इजरायलको अस्तित्व स्वीकार गर्दैन। इजरायल इरानको सैन्य नीतिको केन्द्रबिन्दु रहेको छ।

    अर्कोतर्फ इजरायलले इरानलाई आफ्नो अस्तित्वका लागि खतरा मान्दै वर्षौँदेखि यसविरुद्ध गोप्य अभियान चलाउँदै आएको छ ।

    2.webp

    यो आक्रमण कति ठुलो थियो ?

    यो अप्रिलमा भएको आक्रमणको तुलनामा केही ठुलो आक्रमण हो। पाँच महिनाअघि इरानले इजरायलमाथि करिब ११० ब्यालेस्टिक मिसाइल र ३० क्रुज मिसाइलहरू प्रहार गरेको थियो।

    इजरायली टिभीमा देखाइएको फुटेजमा स्थानीय समय अनुसार बेलुका ७:४५ बजे (नेपाली समय अनुसार १०:३० बजे) भन्दा केही समय अगाडि तेल अभिभ र आसपासका क्षेत्रहरूमा मिसाइलहरू उडिरहेको देखियो।

    सैन्य अधिकारीहरूले आक्रमणको क्रममा केही क्षेप्यास्त्रहरूले उनीहरूको लक्षित लक्ष्यमा प्रहार गर्न सफल भएको पुष्टि गरे । सेनाका प्रवक्ताले आक्रमणहरू इजरायलको मध्य र दक्षिणी भागमा भएको बताएका छन् ।

    5.webp

    इरानको इस्लामिक रेभुलुसनरी गार्ड कोरले आफ्नो सेनाले पहिलो पटक हाइपरसोनिक मिसाइल प्रयोग गरेको र ९० प्रतिशत प्रोजेक्टाइल (मिसाइल/ड्रोन) ले सही लक्ष्यमा प्रहार गरेको दाबी गरेको छ।

    स्रोतहरूले इरानको सरकारी मिडियालाई दिएको जानकारी अनुसार आक्रमणको लक्ष्य तीन इजरायली सैन्य आधारहरू थिए। तर इजरायली सेनाले इरानले प्रहार गरेको मिसाइलहरूमध्ये ’ठुलो सङ्ख्यामा’ नष्ट भएको दाबी गरेको छ।

    तेल अभिभ माथिको आकाशमा चम्किलो प्रकाश देखिएको थियो । जसले इजरायली हवाई सुरक्षा प्रणालीले मिसाइलहरूलाई रोकेको सङ्केत गर्छ।

    हेर्नुस् तस्बिरहरू 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार