images
images

इजरायलमा इरानको मिसाइल आक्रमणको असर, ४ प्रतिशतले बढ्यो कच्चा तेलको मूल्य

इजरायलमा इरानको मिसाइल आक्रमणको असर, ४ प्रतिशतले बढ्यो कच्चा तेलको मूल्य

बुधवार, असोज १६ २०८१
बुधवार, असोज १६ २०८१
  • इजरायलमा इरानको मिसाइल आक्रमणको असर, ४ प्रतिशतले बढ्यो कच्चा तेलको मूल्य

    इरानले इजरायलमा क्षेप्यास्त्र आक्रमण गरेको खबर बाहिरिएसँगै कच्चा तेलको मूल्य पनि बढ्न थालेको छ । 

    images
    images
    images
    images

    अमेरिकी अधिकारीहरूले इरानले इजरायलमा मिसाइल आक्रमण गर्ने तयारी गरिरहेको खबर बाहिरिएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ करिब ४ प्रतिशतले बढ्न पुगेको हो । 

    ब्रेन्ट फ्युचर्स ३.५ प्रतिशतले बढेर ७४.२ डलर प्रति ब्यारेल पुग्यो । कच्चा तेलको भाउमा भएको मूल्य वृद्धिले पेट्रोल र डिजेलको मूल्य घट्ने आशालाई ध्वस्त पारेको छ ।

    रिपोर्टका अनुसार लेबनानमा इजरायली हवाई हमलापछि मध्यपूर्वमा द्वन्द्वको चिन्ता बढेको छ। लेबनानमा रहेको इरान समर्थित समूह हिजबुल्लाहले तेल अवीवमा मिसाइल प्रहार गरेको थियो ।

    अमेरिकाले इरानले इजरायलमाथि ब्यालेस्टिक मिसाइल आक्रमण गर्ने तयारी गरिरहेको सङ्केत पाएको चेतावनी दिएको छ । इजरायलको आक्रमणको जवाफमा इरानले पनि आक्रमण गरेको थियो । यसपछि ऋणपत्र, सुन र अमेरिकी डलरको भाउ पनि बढेको छ ।

    पछिल्लो एक वर्षमा मध्यपूर्वमा बढ्दो तनावका बिच ऊर्जा बजारमा शान्ति देखिएको थियो, चाहे त्यो इजरायली हमला होस् वा हुथी विद्रोहीको आक्रमण। धेरै समाचार एजेन्सीका अनुसार अमेरिकाले इरानले इजरायल विरुद्ध मिसाइल प्रहार गर्ने तयारी गरिरहेको सङ्केत प्राप्त गरेको समाचार प्रकाशित गरेका छन् । इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले भने हाल इरानबाट कुनै पनि हवाई खतरा नरहेको बताए ।

    “मध्य पूर्वमा तनावका कारण बजार उथलपुथलमा छ। तेलको मूल्य बढ्दै छ, बन्ड बढ्दैछ, सुन बढ्दैछ, स्टक घट्दैछ। यो एक क्लासिक भूराजनीतिक प्रतिक्रिया हो”, रिथोल्ट्ज वेल्थ म्यानेजमेन्टका प्रमुख बजार रणनीतिकार केली कक्सले बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार