images
images

बङ्गलादेशका मन्त्री हसनसँगको भेटमा प्रधानमन्त्री ओलीले के भने ?

बङ्गलादेशका मन्त्री हसनसँगको भेटमा प्रधानमन्त्री ओलीले के भने ?

बिहिवार, असोज १७ २०८१
बिहिवार, असोज १७ २०८१
  • बङ्गलादेशका मन्त्री हसनसँगको भेटमा प्रधानमन्त्री ओलीले के भने ?
    images
    images

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रहेका बङ्गलादेशका वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले आज शिष्टाचार भेट गरेका छन् । 

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा नेपाल र बङ्गलादेशबीचको विद्यमान दुईपक्षीय सम्बन्धलाई सुदृढ गर्दै विस्तार गर्ने र ऊर्जालगायत क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको छ । 

    भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गाना, बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी, नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्धिन नोमन चौधरीलगायत सहभागी थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार