images
images

कमला ह्यारिसको खुलासा : ‘निश्चय नै’ मैले मेरो ग्लक चलाएको छु

कमला ह्यारिसको खुलासा : ‘निश्चय नै’ मैले मेरो ग्लक चलाएको छु

मंगलवार, असोज २२ २०८१
मंगलवार, असोज २२ २०८१
  • कमला ह्यारिसको खुलासा : ‘निश्चय नै’ मैले मेरो ग्लक चलाएको छु
    images
    images

    राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसले सोमबार प्रसारित एक अन्तरवार्तामा उनीसँग ग्लक अर्ध-स्चालित पेस्तोल रहेको खुलासा गरेकी छन् । ‘निश्चय नै’ उनले यसलाई सुटिङ रेन्जमा चलाएको बताइन् । 

    अमेरिकी उपराष्ट्रपतिको हतियार रोजाइबारे अटकलबाजी चलिरहँदा उनले हालै टेलिभिजन स्टार ओप्रा विन्फ्रेलाई आफूसँग बन्दुक रहेको र आफ्नो घरमा कोही चोर पसेमा गोली हान्ने बताएका थिए । 

    “मसँग एउटा ग्लक धेरै समयदेखि छ”, प्राइमटाइम सिबिएस सो ६० मिनेटमा अन्तरवार्ता दिने क्रममा कस्तो किसिमको बन्दुक छ भनेर सोधिएको प्रश्नमा पूर्वअभियोजक एवं क्यालिफोर्नियाकी पूर्वमहानायाधिवक्ता ह्यारिसले भनिन्, “मेरो पृष्ठभूमि कानून प्रवर्तनमा छ र त्यसैले त्यहाँ तपाईँको जवाफ छ ।”

    अन्तरवार्ताकार बिल ह्विटाकरले त्यसपछि उनलाई कहिल्यै ग्लक चलाउनुभएको छ भनेर सोधे । उनले हाँस्दै जवाफ दिइन्, “निश्चय नै मैले सुटिङ रेन्जमा चलाएको छु ।”

    अस्ट्रियाली निर्माता ग्लकले अमेरिकाको सबैभन्दा बढी बिक्री हुने ह्यान्डगनहरूमध्ये एक बनाउँछ । प्रहरीले व्यापक रूपमा प्रयोग गर्ने ग्लकले आफ्नो उपस्थितिका कारण चलचित्र र हिप–हप संस्कृतिमा लोकप्रियता पाएको छ ।

    ह्यारिसको डेमोक्रेटिक पार्टीले नियमित रूपमा सशस्त्र अपराध र ठूलो मात्रामा गोलीकाण्डले प्रभावित अमेरिकामा बन्दुकको पहुँच कटौती गर्ने कुरामा जोड दिइरहेका बेला अहिलेसम्म ह्यारिसले आफूसँग बन्दुक रहेको कुरा बिरलै उल्लेख गरेकी थिइन् । 

    यद्यपि, रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पसँगको कडा निर्वाचनमा ५९ वर्षीया डेमोक्रेट ह्यारिसले आफ्नो बन्दुकधारकको योग्यता देखाउन थालेकी छन् । 

    ह्यारिसले अमेरिकी संविधानको दोस्रो संशोधनको उल्लङ्घन गर्दै अमेरिकीहरूको बन्दुक जफत गर्न चाहेको ट्रम्पले बारम्बार दाबी गर्दै आएका छन् । गत महिना भएको उनीहरूबीचको एउटा मात्र टेलिभिजन बहसमा पनि ट्रम्पले यो कुरा दोहोर्याएका थिए । 

    आफू र आफ्नो उपराष्ट्रपति उम्मेदवार टिम वाल्ज दुवै बन्दुकधारक रहेको उल्लेख गर्दै ह्यारिसले उक्त आरोपलाई जोडदार रूपमा अस्वीकार गरिन् । “म बन्दुक मालिक हूँ”, उनले सेप्टेम्बरमा विन्फ्रेसँग हाँस्दै भनिन्, “यदि कोही मेरो घरमा प्रवेश गर्छ भने उसलाई गोली लाग्नेछ ।”

    आप्रवासन र अर्थतन्त्र जस्ता संवेदनशील विषयहरूमा सावधानीपूर्वक कठिन प्रश्नहरूको सामना गर्नुहुने ह्यारिसको अन्तरवार्तामा ग्लक खुलासा सबैभन्दा आकर्षक विषय थियो। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार