images
images

माछापुच्छ्रे्े बैंकले सञ्चालनमा ल्यायो एम–कार्ड सेवा, कार्ड प्रयोगकर्तालाई पृथक अनुभूति जगाउने र नौलोपनको आभास

माछापुच्छ्रे्े बैंकले सञ्चालनमा ल्यायो एम–कार्ड सेवा, कार्ड प्रयोगकर्तालाई पृथक अनुभूति जगाउने र नौलोपनको आभास

बुधवार, असोज २३ २०८१
बुधवार, असोज २३ २०८१
  • माछापुच्छ्रे्े बैंकले सञ्चालनमा ल्यायो एम–कार्ड सेवा, कार्ड प्रयोगकर्तालाई पृथक अनुभूति जगाउने र नौलोपनको आभास

    काठमाडौँ / माछापुच्छ्रे्े बैंक लिमिटेडले ‘एम–कार्ड’को सुविधा सञ्चालनमा ल्याएको छ । डिजिटल बैंकिङ क्षेत्रमा समय सापेक्ष नवीनतम् प्रविधिमैत्री उपकरण सञ्चालनमा ल्याउन सदैव उत्साहित तथा क्रियासिल रहेको बैंकले हाल आफ्ना ग्राहकहरूलाई नौलो अनुभव दिन ‘एम–कार्ड’ सञ्चालनमा ल्याएको हो । 

    images
    images
    images
    images

    सो एम–कार्ड सेवा मार्फत बैंकका ग्राहकहरूले आफ्नो छनौटमा स्वयं आफ्नो, आफन्तजन तथा प्रियजनहरूको तस्बिर वा अन्य विविध प्रकृतिका तस्बीरहरू जस्तैः विभिन्न मन पर्ने स्थानहरू, प्राकृतिक/धार्मिक/ऐतिहासिक सम्पदाहरू, कला तथा संस्कृति झल्किने चित्रहरू आदि आकृतिहरू अंकित गरी सम्बन्धित ग्राहकले भिसा कार्डलाई पर्सनलाइज्ड गर्न सक्नेछन् । 

    साथै कार्डमार्फत कार्ड धारकले पर्सनलाइज्ड कार्डमा अंकित तस्बिरप्रतिको प्रेमभाव, सम्मान तथा आस्था दर्शाउन उत्तम माध्यमको रूपमा आत्मसात गर्न सक्ने छन् । एम–कार्ड सेवाले कार्ड प्रयोगकर्तालाई पृथक अनुभूति जगाउने र नौलोपनको आभास दिलाउने छ ।

    बैंकले हाल यो एम–कार्डलाई भिसा डेबिड कार्डको रूपमा प्रस्तुत गरेको भएता पनि भविष्यमा क्रेडिट कार्ड समेतमा लागू गर्ने बैंकको योजना रहेको छ । बैंकको २४ औँ वार्षिकोत्सवको अवसरमा हालै यो एम–कार्ड जारी गर्दा ग्राहकलाई जारी शुल्कमा विशेष छुटको व्यवस्था गरेको छ ।

    “हाम्रा ग्राहकहरूलाई नविन तथा व्यक्ति अनुकुलित बैकिङ्ग समाधानहरू प्रदान गर्न प्रतिबद्ध छौँ”, माछापुच्छ्रे«े बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले भने “एम–कार्ड सेवाको शुभारम्भले भिसा कार्डको सुविधा तथा सुरक्षा अनुभव यथावत राख्दै हाम्रा ग्राहकहरूलाई आफ्नो व्यक्तित्व तथा व्यक्तिगत रूची अभिरूचिहरू पर्सनलाइज्ड कार्डमार्फत प्रकट गर्ने अवसर प्रदान गर्नेछ ।”

    माछापुच्छ्रे«े बैंक ग्राहक केन्द्रित डिजिटल सेवा विस्तार गर्न निरन्तर अग्रसर छ र ग्राहकहरूको बैकिङ्ग अनुभवलाई थप उत्कृष्ट बनाउन बैकले एम–कार्ड सेवामार्फत अर्को एक कदम अघि सारेको छ ।

    एम–कार्ड सेवा मार्फत कार्डलाई पर्सनलाइज्ड गर्नको लागि जततउकस्ररधधध।mबअजदबलप।अयmरयलष्लिभ(कभचखष्अभक  लिंकमा जानुहोस् र आफ्नो कम्प्यूटर वा मोबाइलबाट आफुलाई मन परेको तस्बीर अपलोड गरि सहज रूपले कार्ड पर्सनलाइज्ड गरि आफुले रोजेको यस बैंकको जुनसुकै शाखामार्फत प्राप्त गर्नुहोस् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार