images
images

सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार नजिक पुग्यो

सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार नजिक पुग्यो

बुधवार, असोज ३० २०८१
बुधवार, असोज ३० २०८१
  • सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार नजिक पुग्यो

    काठमाडौँ / सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बढेर हालसम्मकै उच्च भएको हो । 

    images
    images
    images
    images

    मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको महासंघले जनाएको छ । मूल्य बढेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार ८०० रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

    मंगलबार भने सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँ कायम थियो । यसअघि गत साउन १८ गते सुनको मूल्य १ लाख ६१ हजार ३०० रुपैयाँ तोकिएको थियो । 

    महासंघका अनुसार मंगलबार चाँदी तोलामा २५ रुपैयाँले बढेको छ । यसअघि प्रतितोला १ हजार ९२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर १ हजार ९५० रुपैयाँ पुगेको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार