images
images

बिवाइडीले ३०औँ बार्षिकोत्सवको अवसरमा उत्पादन गर्यो करोडौँ एनइभि, बनायो ऐतिहासिक रेकर्ड

बिवाइडीले ३०औँ बार्षिकोत्सवको अवसरमा उत्पादन गर्यो करोडौँ एनइभि, बनायो ऐतिहासिक रेकर्ड

बुधवार, मंसिर ५ २०८१
बुधवार, मंसिर ५ २०८१
  • बिवाइडीले ३०औँ बार्षिकोत्सवको अवसरमा उत्पादन गर्यो करोडौँ एनइभि, बनायो ऐतिहासिक रेकर्ड
    images
    images

    शेन्जेन, चीन / विश्वकै प्रमुख नयाँ उर्जा सवारीसाधन (एनइभि) र पावर ब्याट्री निर्माता बिवाइडीले आफ्नो ३०औँ वार्षिकोत्सवको अवसरमा ऐतिहासिक उपलब्धि हासिकल गरेको छ । 

    कम्पनीले वार्षिकोत्सवको अवसरमा १ करोडौं (एनइभि) गाडी सियाओमो उत्पादन केन्द्रको शेन्जेन-शानवेई विशेष क्षेत्रमा उत्पादन गरी ऐतिहासिक उपलब्धि हासिल गरेको हो । 

    यो उपलब्धिले दिगो यातायातप्रतिको बिवाइडीको दृढ प्रतिबद्धता र अटोमोबाइल उद्योगमा विश्वव्यापी लिडरको रूपमा यसको स्थानलाई अझ बलियो बनाएको छ ।

    4.JPG

    कार्यक्रममा बिवाइडीका सभापति एवम् अध्यक्ष वाङ चुआनफुले मन्तव्यका क्रममा कम्पनीको यात्रा सम्झिए । उनले २० जना कर्मचारीसहित सानो स्टार्टअपबाट सुरु भई आज विश्वभर लगभग १० लाख कर्मचारी भएका बहुर्राष्ट्रिय कम्पनीमा परिवर्तन भएको उल्लेख गरे । 

    वाङले प्राविधिक इनोभेसनप्रतिको प्रतिबद्धता र यातायातको भविष्यलाई रूपान्तरण गर्न बिवाइडीको महत्त्वपूर्ण भूमिका रहेको जनाए । 

    उनले भने, “१ करोड नयाँ उर्जा सवारीसाधन (एनइभि) उत्पादनको उपलब्धि बिवाइडीको दिगो विकासप्रतिको दृढ प्रतिबद्धताको प्रमाण हो । यस उपलब्धिलाई हासिल गर्ने बीवाईडी विश्वकै पहिलो अटोमोबाइल कम्पनी बनेको छ ।” 

    1.jpg

    कम्पनीले पहिलो ५० लाख एनइभि उत्पादन गर्न १५ वर्ष लगाएको, तर त्यसपछिको अर्को ५० लाख उत्पादन मात्र १५ महिनामै गरी नयाँ उर्जा सवारीसाधन (एनइभि) र प्राविधिक प्रगतिमा केन्द्रित रणनीतिक सफलताको उदाहरण उल्लेखनीय रूपमा प्रस्तुत गरेको छ ।

    १ करोड गाडी, डेन्जा जेठनाइन्, गेम साइन्सका संस्थापक एवम् सीइओ तथा चर्चित खेल ‘ब्ल्याक मिथः वुकोंग’ का स्रष्टा फेङ जीलाई प्रदान गरिएको कम्पनीले जनाएको छ । वाङले बिवाइडीको सफलता साहसी दृष्टिकोण, निरन्तर कार्यान्वयन, र अटल धैर्यतामा आधारित भएको बताए । 

    उनले कम्पनीको उपलब्धिको श्रेय यसको बलियो प्राविधिक क्षमता र गहिरो रूपमा गडेको इन्जिनियरिङ कल्चर रहेको बताए । उनले भने, “बिवाइडीका इन्जिनियरहरूको आत्मा नै हाम्रो कम्पनीको आत्मा हो ।” 

    बिवाइडीको संस्कृतिका बारेमा गहिरो जानकारी दिनका लागि, प्रसिद्ध चिनियाँ वित्तीय पत्रकार र लेखक, किन्सुओले १०० जना मध्यस्तरका र उच्च स्तरका कार्यकारीहरू र कर्मचारीहरूसँग अन्तर्वार्ता गरेका छन् । 

    यी जानकारीहरू ‘द सोल अफ इन्जिनियरस’ नामक पुस्तकमा सङ्कलित गरिएको छ । भविष्यतर्फ इंगित गर्दै वाङले बिवाइडीको रणनीतिक रोडम्याप प्रस्तुत गरे र बिवाइडीका आधारभूतमार्गनिर्देशको परिचय दिए । 

    उनले भने, “यो एक विस्तृत दस्तावेजले कम्पनीको आधारभूत सिद्धान्त, ऐतिहासिक अनुभव र भविष्यमुखी रणनीतिहरू समेट्छ ।” सो संरचनाले भविष्यका वर्षहरूमा बिवाइडीको निरन्तर वृद्धि र इनोभेसनलाई मार्गदर्शन गर्नेछ ।

    byd.JPG
     
    आगामी योजनामा, बिवाइडीले अटोमोटिभ प्रणालीहरूलाई एकीकृत गर्ने बौद्धिक प्रविधिहरूमा १०० अर्ब युआनको लगानी गर्नेछ, जसले बिवाइडीको सम्पूर्ण सवारीसाधन श्रृङ्खलामा व्यापक सुधार ल्याउनेछ । 

    यो प्रतिबद्धताले बिवाइडीलाई प्राविधिक प्रगति र नवप्रवर्तनमा अग्रणी राख्न सुनिश्चित गर्नेछ, जसले विश्व बजारमा प्रतिस्पर्धी बढ़त कायम राख्नेछ । इन्जिनियरिङ मनोभाव र दिगो विकासप्रतिको प्रतिबद्धतामा बिवाइडीले आफू विश्वस्तरीय उच्च प्राविधिक कम्पनीको रूपमा आफ्नो स्थान सुदृढ गर्न तयार रहेको जनाउँदै आएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार