images
images

हमासका प्रमुखको मृत्युपछि अमेरिकाको टिप्पणी- 'विश्वका लागि राम्रो दिन, युद्धविरामको अवसर'

हमासका प्रमुखको मृत्युपछि अमेरिकाको टिप्पणी- 'विश्वका लागि राम्रो दिन, युद्धविरामको अवसर'

शुक्रवार, कार्तिक २ २०८१
शुक्रवार, कार्तिक २ २०८१
  • हमासका प्रमुखको मृत्युपछि अमेरिकाको टिप्पणी- 'विश्वका लागि राम्रो दिन, युद्धविरामको अवसर'

    हमासका प्रमुख याह्या सिनवारको मृत्युपछि अमेरिकाले यो इजरायल र विश्वका लागि राम्रो दिन भएको टिप्पणी गरेको छ ।

    images
    images
    images
    images

    अमेरिकाले यसलाई युद्धविराम गरेर नयाँ राजनीतिक सम्बन्धको सुरुवातको अवसर समेत भनेको छ । 

    राष्ट्रपति जो बाइडेनले सिनवारको मृत्युको दिनलाई इजरायल, अमेरिका र विश्वका लागि राम्रो दिन भनेका छन् । 

    अमेरिकी विदेश विभागका प्रवक्ता म्याथ्यू मिलरले सिनवारको मृत्युलाई युद्धको प्रकृति परिवर्तन गर्ने अवसर भएको बताएका छन् ।

    अमेरिकी अधिकारीहरूले युद्धविरामका लागि कतार र सम्बन्धित देशका अधिकारीहरूसँग समेत संवाद गरिरहेका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । 

    अमेरिकी विदेश विभागका प्रवक्ताले भनेका छन्, 'सिनवारको मृत्यु युद्धविरामको अवसर हुनसक्छ । यसलाई यो हिसाबले सदुपयोग गर्ने प्रयास भइरहेको छ ।'

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार