images
images

सुडानमा ३० लाख भन्दा बढी मानिसहरु हैजाको जोखिममा ; युनिसेफ

सुडानमा ३० लाख भन्दा बढी मानिसहरु हैजाको जोखिममा ; युनिसेफ

शनिवार, कार्तिक ३ २०८१
शनिवार, कार्तिक ३ २०८१
  • सुडानमा ३० लाख भन्दा बढी मानिसहरु हैजाको जोखिममा ; युनिसेफ

    संयुक्त राष्टसङ्घीय बाल कोष (युनिसेफ) ले शुक्रबार सुडानमा ३० लाखभन्दा बढी मानिसहरु हैजाको जोखिममा रहेको जनाएको छ । 

    images
    images
    images
    images

    युनिसेफले पाँच वर्ष मुनिका छ लाख बालबालिकासहित करीव ३० लाख मानिसहरु हैजाको जोखिममा रहेको सामाजिक सञ्जाल एक्स मार्फत जनाएको हो ।

    युनिसेफका अनुसार सुडानमा सन् २०२३ अप्रिलमा भएको आन्तरिक द्वन्द्वका कारण अत्यावश्यक खोपको उपलब्धता  ८५ प्रतिशतबाट घटेर करिब ५० प्रतिशतमा झरेको छ ।

    द्वन्द्व प्रभावित क्षेत्रका ७० प्रतिशतभन्दा बढी अस्पतालहरु बन्द रहेको तथा अग्रपङ्क्तीमा रहेर स्वास्थ्य सेवा प्रधान गर्ने स्वास्थ्य अधिकारीलाई  महिनौँ देखि तलव भुक्तानी नगरिएको यसनिसेफले जनाएको छ ।  

    आन्तरिक द्वन्द्व सुरु भएदेखि  हैजा, मलेरिया,  र डेङ्गुु ज्वरोजस्ता महामारी रोगहरू फैलिदा सयौँको मृत्यु भएको छ ।

    सुडानको स्वास्थ्य मन्त्रालयले अगस्टमा देशमा हैजाको प्रकोप घोषणा गर्दै  द्वन्द्व र अशुद्ध पानीको प्रयोग तथा बिग्रिदो वातावरणीय अवस्था हैजा फैलावटको कारण भनेको थियो ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार