images
images

ब्रिक्सले विश्वव्यापी आर्थिक वृद्धिलाई अगाडि बढाउँछ : पुटिन

ब्रिक्सले विश्वव्यापी आर्थिक वृद्धिलाई अगाडि बढाउँछ : पुटिन

शनिवार, कार्तिक ३ २०८१
शनिवार, कार्तिक ३ २०८१
  • ब्रिक्सले विश्वव्यापी आर्थिक वृद्धिलाई अगाडि बढाउँछ : पुटिन
    ब्रिक्स समूहका देशहरूको कूल गार्हस्थ्य उत्पादनको संयुक्त अंश छ सय खर्ब अमेरिकी डलरभन्दा बढी छ ।
     
    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार मस्कोमा आयोजित ब्रिक्स व्यापार मञ्चमा ब्रिक्सले आज विश्व अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्ने मात्र नभई भविष्यमा पनि यसको भूमिका बढ्दै जाने कुरा स्पष्ट पार्नुभयो ।
     
    उहाँले ब्रिक्सका सदस्य राष्ट्रहरू नै वास्तवमा विश्व आर्थिक वृद्धिका चालक भएको बताउनुभयो ।
     
    पुटिनको टिप्पणी काजानमा अक्टोबर २२–२४ मा हुने ब्रिक्स शिखर सम्मेलन अघि आएको हो ।
     
    पुटिनलाई उद्धृत गर्दै तास प्रतिवेदनले सन् १९९२ मा विश्वको कूल गार्हस्थ्य उत्पादनमा जि–७ देशको हिस्सा ४५ दशमलव पाँच प्रतिशत रहेको र ब्रिक्स राष्ट्रको हिस्सा १६ दशमलव सात प्रतिशत रहेको उल्लेख गर्नुभयो ।
     
    “सन् २०२३ मा ब्रिक्सको हिस्सा ३७ दशमलव चार प्रतिशत र जि–७ को हिस्सा २९ दशमलव तीन प्रतिशत रहेको छ”, पुटिनले भन्नुभयोे ,“अन्तर बढ्दै गइरहेको छ र यो बढ्दै जानेछ, यो अपरिहार्य छ ।”
     
    पुटिनले ब्रिक्सले आज मात्र नभई विश्व अर्थतन्त्रमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिनुभयो ।
     
    रुसी अध्यक्षतामा काजानमा हुने १६औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अक्टोबर २२ देखि २३ सम्म रुसको भ्रमण गर्दै हुनुहुन्छ ।
     
    रूस, भारत र चीनका नेताहरू सन् २००६ मा जी–८ आउटरिच शिखर सम्मेलनमा सेन्ट पिटर्सबर्गमा भेटिएपछि ब्रिक औपचारिक समूहका रूपमा सुरु भयो । ब्रिक विदेशमन्त्रीहरूको पहिलो बैठकमा समूहलाई औपचारिकता दिइएको थियो ।
     
    सन् २०१० मा न्युयोर्कमा ब्रिक विदेशमन्त्रीहरूको बैठकमा दक्षिण अफ्रिकालाई समावेश गरिएको थियो । सन् २०२४ म ब्रिक्सको विस्तार इजिप्ट, इथियोपिया, इरान र संयुक्त अरब इमिरेट्सलाई समावेश गर्न गरिएको हो ।
     
    हालसम्म जम्मा १५ वटा ब्रिक्स शिखर सम्मेलन भइसकेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार